काठमाडौं। सैलुङ अल्ट्रा म्याराथन २०२३ चैत्र ४ गते हुने भएको छ। सैलुङ अल्ट्रा म्याराथन व्यवस्थापन समितिको आयोजनामा हुन लागेको सैलुङ अल्ट्रा (सैलुङ अल्ट्रा म्याराथन २०२३) विभिन्न तीन विधामा आयोजना हुन लागेको हो।
जिल्लाको स्थानीय पर्यटन, संस्कृति र परिदृश्यको प्रवर्द्धन गर्ने उद्देश्यले यो अल्ट्रा म्याराथन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
चैत्र ४ गते हुने अल्ट्रा म्याराथनका लागि आवेदन फार्म खुलाइसकेको छ। जसअनुसार नेपाली म्यारथनमा भागलिन चहाने नेपालीका लागि प्रवेश शुल्क २ हजार, सार्क राष्ट्रका व्यक्तीहरुकालागि ३ हजार र अन्य मुलुकका व्यक्तीहरुकालागि ५ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।
५५, २५ र ५ किलोमिटर गरि तीन विधामा विभाजन गरी म्यारथन सञ्चालन गरिने आयोजकले जनाएको छ। तीन वटै विधा अन्तर्गत महिला–पुरुषको छुट्टा–छुट्ट विधामा प्रतिस्पर्धा गराइने सैलुङ अल्ट्र म्यारथनका डाइरेक्टर तथा हिमालयन रनिङ ट्रेलका संस्थापक जगन तिम्सिनाले जनकारी दिए।
५५ किमी म्याराथनमा प्रथम हुनेलाई नगद रु ७५ हजार, द्वतीयलाई ३५ हजार र तृतीयलाई २० हजार प्रदान गरिने छ भने २५ कि.मी विधामा प्रथम, द्वतीय र तृतीयलाई क्रमशः नगद रु ४० हजार, २० हजार र १० हजार प्रदान गरिने छ।
त्यस्तै, ५ कि.मी विधामा प्रथमहुनेलाई नगद रु १५ हजार, द्वतीयलाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। साथै, पुरस्कार राशि महिला पुरुष दुवै विधामा समान प्रदान गरिने आयोजकले जनाएको छ।
म्यारथन सुनपाती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका र खाँडादेवी गाउँपालिकाको सहकार्य, जिल्ला खेलकुद विकास समिति रामेछापको व्यवस्थापन तथा राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा आयोजना हुन लागेको म्यारथनको प्रायोजकमा हिमालयन ट्रेल रनिङ रहेको छ।