रोल्पा। समुन्द्र सतहदेखि ३ हजार ५ सय ५० देखि ३ हजार ७ सय ५० सम्म फैलिएको रोल्पाको सबै भन्दा अग्लो डाँडा कोठेभीर सुन्दर गन्तव्यस्थल हो ।
यहाँ जेठी कोठीभीर, माइली कोठीभीर, र कान्छी कोठीभीर सहितको तिन वटा विशाल डाँडा छन्। यसको सेरोफेरोमा झरनाहरू प्रशस्तै छन । जंगली पशुपन्छी, यस क्षेत्रको मुख्य आकषर्णको रुपमा रेड पान्डा, कस्तुरी मिर्ग, वनस्पति, फूलहरू र विभिन्न प्रजातिका चराचुरुङ्गीहरू छन् ।
यहाँबाट पुठा, हिमचुली, गुर्जा, सिस्ने, धौलागिरी, माछापुच्छ्रे, नीलगिरि र अन्नपूर्ण हिमालको अवलोकन गर्न सकिन्छ ।
यहाँ आउने सबै पर्यटकहरूले यस क्षेत्रले सबैको मन लोभ्याउने गरेको बताउने गरेका छन् ।
केही दिन अगाडि जिल्लाकै सुनछहरी गाउँपालिकाको कार्यलयमा कार्यरत दया बुढामगरको नेतृत्वमा करिब ५–७ जनाको टोली कोठीभीरको पदयात्रा गरेका थिए ।
पदमार्गबाट फर्केका बुढा मगरले आफ्नो अनुभव साट्दै भने ,“कोठीभीर एक आफैमा गतिलो साहसिक गन्तव्य हो, यसको भविष्य राम्रो देखेको छु।”
‘उमेरका कारण हिड्न अलि गार्हो महसुस भएता पनि चुचुरोमा कहिले पुग्ने भन्ने कौतुहलताले निरन्तर ऊर्जाले यात्रालाई निकै रोमाञ्चक बनायो।’ उनले भने ।
उनीसँगै यात्रामा थिए युवाहरू सागर बुढा मगर र रेशम पुन मगर । उनीहरूले पनि यस क्षेत्रको भम्रणले उर्जा दिएको बताए । “अरु डाँडा भन्दा फरक रहेछ । एकदमै फरक भान भयो, पुग्न मात्र गाह्रो रहेछ जब यहाँ पाइला टेकिन्छ त्यस अगाडि पछाडिका रमणीय दृश्य र क्षितिज पारीका दृश्य र हिमालको दर्शन गरेर मन कहिले थाक्दैन।”
'नेपालको आन्तरिक पर्यटनले कुल पर्यटन उद्योगको ८० देखि ८२ प्रतिशत योगदान गर्दै आएको सन्दर्भमा उहाँहरुबाट भएको यो भ्रमणले आन्तरिक पर्यटनलाई प्रवद्धन गर्ने कार्यमा समेत टेवा पुग्नेछ,' जेलबाङका पर्यटन अभियान्ता पृथ्वी पुन मगरले वताए।
समुन्द्र सतहबाट ३३५० मि। देखि ३७५० मिटरसम्मको भूभागमा फैलिएको कोठीभीर रोल्पा जिल्लाकै अग्लो भूभाग हो। यो क्षेत्र प्राकृतिक सुन्दरता, धार्मिक र ऐतिहासिक महत्वसमेत बोकेको छ ।
कसरी पुग्ने कोठीभीर ?
रोल्पाको पूर्वी व्यापारीका केन्द्र सुलिचौर बजारबाट बडाचौर विमानस्थल, घुमचाल, स्युरि हुँदै बाहिरी गाउँसम्म करिब ५–६ घन्टाको जिप यात्रा। त्यसपछि भित्री गाम, गोवाखोला, झिलकुङ्ग पुग्न थप ३०–४० मिनेटमा जिप यात्रामा कोठीभीर विवाङ सामुदायिक होमस्टे ।
त्यहाँबाट पैदलमार्ग हुँदै ३–४ घन्टामा पुगिन्छ माइली कोठीभीर। माइली कोठीभीरबाट थप १ घन्टामा पुगिन्छ जेठी कोठीभीर।
तस्बिरहरू हेर्नुहाेस्
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)