काठमाडौं। पर्यटनको केन्द्रको रुपमा रहेको हङकङले विश्वभरका पर्यटकहरूलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने भएको छ ।
कोभिड–१९ महामारीबाट असर गरेको पर्यटन बजारलाई सुधार ल्याउन हङकङले विश्वभरका ५ लाख पर्यटकलाई निःशुल्क हवाई टिकट उपलब्ध गर्ने भएको हो ।
आफ्नो देश घुम्न आउने यात्रु तथा पर्यटकलाई खुल्ला रूपमा आकर्षित गर्न हङकङ पर्यटन बोर्डले ५ लाख यात्रुलाई निःशुल्क हवाई टिकट दिन लागेको छ।
हङकङ पर्यटन बोर्डले ‘हेलो, हङकङ’ को नामबाट यो अफर सुरू गरेको छ।
करिब पाँच लाख यात्रुलाई हवाई टिकट र भौचरमार्फत निःशुल्क हवाई टिकट दिने निर्णय भएको हङकङ पर्यटन बोर्डले जानकारी दिएको छ।
यो योजना मार्चमा सुरु भएर करिब ६ महिनासम्म चल्ने विमानस्थल प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत फ्रेड लामले बताए।
हङकङ पर्यटन बोर्डका कार्यकारी निर्देशक डान चेङले एयरलाइन्सलाई सपोर्ट गर्न निःशुल्क टिकट खरिद गरिएको बताए।
कोरोना महामारीका कारण हङकङ लामो समयदेखि बन्द थियो। हालै मात्र कोभिड यात्रा प्रतिबन्धहरू फिर्ता गरिएसँग हङकङ खुला भएको हो।
पर्यटकको अभावमा विगत तीन वर्षदेखि धेरै नोक्सान भोगेको हङकङको पर्यटन उद्योगले पुनर्जीवन पाउने आशा गरिएको छ।
सन् २०२० सम्म, हङकङ, विश्वको सबैभन्दा प्रसिद्ध पर्यटकीय गन्तव्य थियो। कोरोना महामारी सुरू हुनुअघिको वर्षमा मात्र ५६ मिलियन पर्यटक हङकङ पुगेका थिए। तर, कोरोना प्रतिबन्ध र चीनको शून्य कोविड नीतिका कारण त्यसपछि पर्यटकको संख्यामा उल्लेखनीय गिरावट आएको छ।
विमानस्थल प्राधिकरण हङकङका प्रमुख कार्यकारी अधिकृत फ्रेड लाम टिन फुकका अनुसार निःशुल्क टिकट हङकङस्थित एयरलाइन्स क्याथे प्यासिफिक, एचके एक्सप्रेस र हङकङ एयरलाइन्सले वितरण गर्नेछन्।