काठमाडौं। पारिवारीका तथा स्वच्छ वातावरणमा अर्गानिक खानाको मजा लिन चहानेहरुको रोजाइमा पर्दैछ ‘मुन्धुम फार्म स्टे’।
काठमाडौँदेखि ४३ किलोमिटरको दूरीमा रहेको यो फार्म स्टे मुन्धुम ट्रेलमा पाइने विशेषता तथा खानेपनीको बारे जान्ने रुची हुनेहरूका लागि यो उत्कृष्ट गन्तव्य हो।
फार्म स्टे भ्रमणमा आउने पाहुनालाई पूर्वमा अवस्थित मुन्दुम पदमार्गमा पाइने खानपिन, रहनसहन र विशेषताको सूचनासमेत दिने गरिन्छ। मुन्दुमी संस्कृतिको सानो झलक पनि हो, यो ठाउँ।
विश्वभर कोरोना महामारीले मानव जीवनको आवतजावत र सम्पूर्ण आर्थिक गतिविधिसँगै पर्यटन क्षेत्र पनि ठप्प थियो। त्यही कोरोना महामारीपछि परिवारिक वातावरणमा अर्गानिक खानपिन र बास बस्नलाई ‘मुन्दुम फार्म स्टे’ खुल्यो। काठमाडौँदेखि नमोबुद्धको बाटोमा पर्ने, मुन्दुम फार्म स्टे अहिले पर्यटकीय गन्तव्य बन्न पुगेको छ।
भोजपुरका रमेश कुमार राई यस फार्म स्टेका सञ्चालक हुन्। कोरोना कालमा यो व्यवसायका विषयमा आफूलाई सोचमा आएको उनी बताउँछन्। ‘यसअघि अन्य साथीहरू यो ठाउँमा होटल चलाएका थिए, लकडाउनमा बन्द भयो,’ रमेशले बताए।
लामो समयको कोरोना महामारीका कारण लकडाउन लम्बिँदै गयो। यही मौकामा यो ठाउँमा के गर्ने सकिन्छ भनेर पर्यटन व्यवसायी राईले सोचे। पर्यटनलाई कृषिसँग जोडेर लैजाँदा पर्यटन दिगो हुन सक्ने सोच उनको दिमागमा फु¥यो र जन्मियो मुन्दुम फार्म स्टे। २७ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा मौसमअनुसार अर्गानिक तरकारी फल्छ, दूधको लागि भैंसी पनि पालिएको छ र माछा पोखरीसमेत छ। कृषि पर्यटनको उदाहरण हो, मुन्दुम फार्म स्टे।
समुद्र सतहदेखि करिब २ हजार मिटरमा फूलबारीस्थित मुन्दुम फार्म स्टे। मौसम सफा हुँदा पूर्वतिर लाङ्टाङ हिमालको लामो लर्कन अवलोकन गर्न सकिन्छ।
मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रबर्द्धन केन्द्रका अध्यक्षसमेत रहेका रमेश राईको नेतृत्वमा २०७४ सालमा पर्यटन अध्येता, सञ्चारकर्मी, पथ प्रर्दशकको टोलीले मुन्दुम पदमार्ग अध्ययन र अन्वेषण गरी पहिचान गरेको हो। पदमार्गमा पूर्वी नेपालको मध्यपहाडी क्षेत्रमा रहेको मुन्दुम ट्रेक प्राकृतिक सौन्दर्यले भरिपूर्ण, समृद्ध जैविक विविधताका साथै किराँती राईको सभ्यतासँगै पूर्वी नेपालको संस्कृति र जीवनशैलीको स्वाद चाख्न पाइन्छ।
संचालक राईकाअनुसार फार्म स्टेमा किराँती परिकार वाचीपा, बंगुरको सेकुवा, लोकल कुखुरा, धराने सुकुटी, कोदोको रक्सी, भोजपुरको टक्सारे रक्सी, ढिँडो खानाको सातै ग्रीन टी, मिन्ट टी, फ्रेश जुसलगायतका परिकार खुवाइन्छ।
फार्म स्टेका विशेषताहरु हिमाललगायत मध्यपहाडी क्षेत्रका गाउँ÷बस्तिका प्यानोरमिक भ्यु, आरमदायी कोठा, अर्गानिक खाना, शान्त वातावरण र क्याम्पिङको व्यवस्था पनि छ। एक रातमा ३५ जना पाहुना बास बस्न सकिने व्यवस्था छ। हाल विशेष अफरको रुपमा १ जनाको प्याकेजको रू. २ हजार २ सयमा डिनर, ब्रेकफास्ट र रुमसहित पाइन्छ। साथै, २० जना भन्दा बढीको समूहमा ५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको सञ्चालक राई बताउँछन्।
त्यस्तै बिहानै मिन्ट वा ग्रिन टीको चुस्की र ब्रेकफास्टपछि २–३ घण्टाको जंगलवाकसहित नमोबुद्धको हाइकिङ गर्न सकिन्छ। त्यस्तै शुक्रबार र शनिबारबाहेक अन्य बारमा ग्राहकलाई विशेष छुट दिएको पनि संचालक राईले बताए।
फार्म स्टे भ्रमणमा आउने पाहुनाले कोशेलीको रुपमा मुन्दुम ट्रेल क्षेत्रको भिर माहुरीको मह, चौरीको घ्यू, कोदोको रक्सी, भेडाको लुकुनी किनेर लैजान सक्छन्।
कसरी पुग्ने ?
काठमाडौँबाट बनेपा धुलिखेल हुँदै काभ्रे भञ्ज्याङ्। त्यहाँबाट नमोबुद्ध जाने बाटो पछ्याउँदै ४ किमीको दूरीमा फूलबारी पुगिन्छ। फूलबारी बजारबाट थोरै अगाडि दाहिनेतर्फ ढलान गरेको उकालो बाटोमा मुन्दुम फार्म स्टे पुग्न सकिन्छ।
सम्पर्क
९८४०५४२०४/ ९८४१६९५०९१