डोल्पा। नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पाको उपल्लो डोल्पामा हिउँ परेर जन जीवन कष्टकर बनेको छ।
हिउँ परेसँगै बढेको चिसोले जनजविन कष्टकर बन्दै गएको हो।
पर्यटनकर्मी जिग्मे लोडेका अनुसार यहाँका वसिन्दा हिउदको जाडो छ्ल्न मङ्सिरको अन्त्यतिर तल्लो डोल्पा, काठमाडौ तिर झर्छन र फागुनतिर फेरि गाउँ तिर उक्लन्छ्न।
नेपालको सबैभन्दा ठूलो जिल्लाको रुपमा परिचित कणाली प्रदेश डोल्पा जिल्लाको उत्तरी पश्चिमी भूभागमा अवस्थित शे फोक्सुण्डो गाउँपालिकाका जिल्लाको उत्तर पश्चिम भूभागमा अवस्थित रहेको छ।
साविकका साल्दाङ, भिजेर र फोक्सुण्डो गाविस मिलेर गठन भएको हालको शे फोक्सुण्डो गाउँपालिकाको नामाकरण ऐतिहासिक, धार्मिक, तथा पर्यटकीय पृष्ठभुमिसंग जोडिएको छ। साल्दाङ भुभाग स्थित ऐतिहासिक तथा धार्मिक स्थल शे गुम्बा र फोक्सुण्डो रिग्मो गाउँ स्थित पर्यटकीय स्थल शे फोक्सुण्डो तालको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो।
उच्च हिमाली क्षेत्रमा पर्ने यस गाउँपालिकाको सम्पूर्ण भूभाग हिमाल र डाँडा पाखा र समथर घाँसे मैदान रहेको छ। शे फोक्सुण्डो राष्ट्रिय निकुञजको मध्यवत्ति क्षेत्रमा पर्ने केही भूभागमा पहाडी क्षेत्रको विशेषता रहे पनि अधिकांश क्षेत्रहरु उच्च हिमाल र सुख्खा क्षेत्र रहेको छ।
यो क्षेत्र विदेशी पर्यटकको लागि अपर डोल्पो ट्रेकूको रुपमा परिचित छ। डोल्पोको जीवनशैली, परम्परा र परिदृश्यलाई उजागर गर्ने सन् १९९९ मा एरिक भेल्लीद्वारा निर्देशित नेपाली चलचित्र क्याराभानले ओस्कार अवार्डमा मनोनयनमा परेको थियो। ७२औँ एकेडेमी अवार्डमा उत्कृष्ट विदेशी फिल्मको विधामा मनोनयन हुने यो पहिलो नेपाली चल
चित्र हो।