काठमाडौं। पर्यटकीय जिल्ला दोलखाकोसदरमुकाम चरिकोट चरिघ्याङमा ‘होटल दृश्य’ सञ्चालनमा आएको छ।
साढे ३ करोडको लगानीमा तयार भएको सो होटल गत बिहीबार नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो।
दोलखा घुम्न पुग्ने आन्तरिक र विदेशी पर्यटकका लागि ‘होटल दृश्य’ फोटो र भिडियोका लागि मुख्य भ्यू प्वोइन्ट बन्ने होटल सञ्चालक बाबुराजा श्रेष्ठले बताए।
यसअघि अन्य व्वसायहरुमा लगानी गरेका श्रेष्ठले पर्यटन क्षेत्रमा केही गर्ने उद्धेश्यका साथ यस क्षेत्रमा लगानी गरेको उनि बताउँछन्।
‘दोलखामा भित्रिने पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा होटल दृश्यमा ल्याएको छु। होटल प्रविधिमैत्री छ’ उनले भने,’ यहाँबाट शैलुङ, कालिञ्चोक, गौरीशंकरको रमणीय दृश्य देखिन्छ। चरिघ्याङ धार्मिक हिसावले प्रसिद्ध क्षेत्र हो। होटल निर्माणसँगै यहाँको गतिविधिमा थप सहयोग पुग्नेछ।’
होटलबाट चरिकोटको दृश्यसँगै दोलखाको धार्मिक तथा पर्यटकीय गनतव्यहरू सजिलैसँग देखिने भएकाले उनले होटलको नाम ‘होटल दृश्य’ राखेको उनले बताए।
दोलखामा पर्यटन प्रवर्द्धनसँगै आन्तरिक तथा विदेशी पर्यटकका लागि होटल दृश्य पहिलो गन्तव्य हुनेमा उनी विश्वस्त छन्।
उनका अनुसारमा होटलमा ११ वटा कोठा रहेका छन्। जसमध्ये तीन वटा अफिसका लागि र बाँकी ८ वटा पाहुनाका लागि छुट्याइएको छ। सबै कोठाहरु डिलक्स रहेका छन्। एटेच बाथरुम सहित विद्युतिय प्रविधिमा टु वे प्रणाली जडान छ।
होटलमा छुटै मिटिङ हल पनि छ। जहाँ बर्थ डे सेलिव्रेसन, अन्य भेटघाट तथा कार्यक्रम गर्न सकिने शाहीले बताए।
होटलको विद्युतीय लाइटमा मिट, लाइट र वाम प्रविधि जडान गरिएको छ। होटलमा दुई पांग्रे र चार पांग्रे सवारीसाधनका लागि पार्किङ व्यवस्था रहेको छ।
विशेषगरी नेपाली अर्गानिक थकाली खाना पाइन्छ। साथमा कन्टिनेन्टल, चाइनिज र इन्डियन खाना पाइन्छ। साथै तामाकोशीको माछा यहाँको विशेष परिकारमध्येमा पर्छ।
होटल दृश्यको अर्को विशेषता भनेको थ्री फेज लाइन जडान गरिएको छ। विद्युतिय सवारी साधनका लागि रिचार्ज गर्न मिल्ने प्रविधि पनि रहेको छ।
होटलमा सवारी साधन पार्किङदेखि मनोरञ्जनका लागि रुफटपमा छुटै सुविधा व्यवस्था गरिने सञ्चालक होटल सञ्चालक शाही बताउँछन्। होटलको टपबाट सिंगो दोलखाको दृश्य ३६० डिग्रीमा हेर्न सकिनेछ।