काठमाडौं । कोरोना महामारी पछि सुस्ताएको नेपाली पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्ने उद्देश्यले ‘सेल्स मिसन कार्यक्रम’ को कार्यक्रमको आयोजना गरिएको छ ।
नेपालको पर्यटन प्रर्वद्धन गर्न र नेपाली पर्यटन प्रर्वद्धन गर्न बनाइएको नेपाल पर्यटन बोर्डलाई चलायमान बनाउन यस्ता किसिमको आयोजना गरिएको बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले बताए ।
‘बोर्डको वार्षिक कार्यक्रम अनुसार पर्यटन व्यवसायीहरूको सहकार्यमा विभिन्न देशमा सेल्स मिसनका कार्यक्रमहरू शुरु भएका छन् । यसले नेपालको पर्यटनलाई लयमा फर्काउन सहयोग गर्ने अपेक्षा गरेका छौं ’ उनले भने ।
गत माघ १० र ११ गते बोर्डले भारतका विभिन्न स्थानमा सेल्स मिसन तथा बीटूबी कार्यक्रमको आयोजना गरिसकेको छ । १० गते भारतको वनारस र ११ गते गोरखपुरमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो भने १३ गते भारतकै लखनउमा कार्यक्रमको आयोजन हुँदैछ ।
बोर्डले नेपाल एशोसिएसन अफ ट्रावल एण्ड टुर अपरेटर्स ९नाट्टा० संगको सहकार्यमा भइरहेको कार्यक्रममा नेपालका ११ वटा विभिन्न ट्राभल कम्पनी, बुद्ध एयरलाइन्स र लुम्बिनी तथा भैरहवा क्षेत्रका पर्यटन व्यवसायीको पनि सहभागिता रहेको छ ।
स्पेनको मड्रिडमा फितुर सम्पन्न
यसैबीच नेपाल पर्यटन बोर्ड र नाटाको सहकार्यमा स्पेनको मड्रिडमा फितुर सम्पन्न भएको छ ।
यहीँ जनवरी १८ देखि २२ तारिखसम्म आयोजना गरिएको हो । कार्यक्रममा स्पेनका लागि नेपाली राजदुत शर्मिला पराजुलीले ढकालले समेत अवलोकन गरेकी छिन् ।
सो कार्यक्रममा बोल्दै उनले नेपाल सबै सिजनको लागि उपर्युक्त गन्तव्य भएको भन्दै नेपाल भ्रमणको लागि आग्रह गरिन् ।
यस्तै बोर्ड र स्पेन स्थित नेपाली दुतावासको सहकार्यमा नेपाल प्रमोसन इभेन्ट पनि सम्पन्न भएको छ ।