काठमाडौं । नव नियुक्त पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।
मन्त्री किरातीले बिहीबार बिहान काठमाडौंस्थित विमानस्थल पुगेर अनुगमन गरेका हुन्। मन्त्रीको हैसियतमा किरातीको यो पहिलो अनुगमन हो ।
अनुगमनका क्रममा उनले अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयभित्र छिरेको मान्छेले जीन्दगीभर सम्झिने बताउँदै। उनले भने ‘राम्रो गीत बजेको शौचालय र राम्रा फोटो देखिने शौचालयमा अझ बसुँबसुँ लाग्ने बनाऔं,।’ मन्त्री किराँतीले थपे, ‘शौचालयमा काम गर्नेको सुविधा बढाइदिऊँ, कामअनुसार ड्रेस पनि भएन।’
उनले विमानस्थलका शौचालय सफा र त्यहाँ सेनेटरी प्याडलगायत राखिनुपर्नेमा जोड दिए।
विमानस्थलको शैचालय राम्रो हुँदा यसले दिने सन्देश पनि राम्रो हुने उनको भनाइ थियो । स्थानीय तहका प्रमुख तथा उपप्रमुख विमानस्थल आउँदा सफा शौचालय देख्ने र आफ्नो ठाउँमा पनि त्यस्तै शौचालय बनाउने उनको भनाइ थियो। मन्त्री किराँतीले शौचालय सफा अभियान सुरू गर्न लागिएको बताएका छन्।
विमानस्थलमा आगमनतर्फ अहिले तीन वटा लिफ्ट र एक÷एकवटा ट्रयाबलेटर रहेका छन् । केही दिनअघि मात्रै एक अभिनेत्री उषा रजक त्यहाँ अड्किएर लडेकी थिइन् । उनले उक्त भिडियो टिकटकमा राखेपछि भाइरल भएको थियो। सो विषयमा मन्त्री किरातीले भने, ‘फेरि यस्तो नहोस्।’
उनले नीतिगत समस्या परे आफूले समाधान गर्न पहल गर्ने पनि बताए। उनले यात्रुका झोलाहरू हराउने र कैंचीले काट्नेजस्ता गुनासासमेत सुनिने गरेको बताएका थिए। ‘टेपले किन सुटकेस बाँध्ने रहेट भनेको त चोरिन्छ भनेर पो रहेछ,’ उनले भने।
उनले नेपालका विमानस्थललाई कमजोर सुरक्षाका दृष्टिले किन हेरिन्छ भन्नेबारे विवरण आफूलाई चाहिएको बताएका थिए।