काठमाडौं । माघी पर्वको अवसरमा थारु कल्याणकारिणी सभाले काठमाडौंमा विशेष कार्यक्रम गरेको छ ।
टुँडिखेलमा आयोजित कार्यक्रममा थारु समुदायका विभिन्न साँस्कृतिक नृत्य, कला संस्कृति र परिकार प्रदर्शन गरिएको थियो ।
माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको थियो ।
‘थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, न्याय, समानता र अधिकारका लागि हाम्रो आन्दोलन’ भन्ने मुल नाराको महोत्सव सम्पन्न भएको छ ।
महोत्सवको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भनिए पनि प्रधानमन्त्री प्रचण्ड सो कार्यक्रममा उपस्थित भएनन् ।
महोत्सवको उद्घान अगाडि थारू संस्कृति, भेष भूषा, बाजा गाजा, संघ संस्थाको तूल ब्यानरसहित वसन्तपुरबाट झाँकी र्याली निकालिएको छ । झाकी र्याली वसन्तपुरबाट सुरू भएर रत्नपार्क, भृकुडीमण्डपसहित मूल समारोहमा सरिक भएका छन् ।
हेर्नुहोस् तस्वीरहरु :