रोल्पा । माघे संक्रान्तिको अवसरमा रोल्पाको सुनछहारी गाउँपालिकामा ३ दिने मेला आयोजना हुने भएको छ ।
मगरहरुको महान चाड माघे संक्रान्तिको अवसरमा पर्यटन प्रवर्द्धन तथा गेमी होमस्टे संस्थाको अयोजनामा रोल्बाङ मा.विको प्राङ्गणमा माघ २ गतेदखि ४ सम्म ३ दिने मेला अयोजना हुने लागेको हो ।
स्थानीय पर्यटन प्रवर्द्धन तथा परम्परा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्धेश्यले मेलाको अयोजना गरिएको आयोजकले जानाएको छ ।
मेला अवधिमा विविध साँस्कृतिक झाँकी तथा खेलकुद कार्यक्रमको अयोजना गरिने अयोजक संस्थाका प्रवक्ता लाल बहादुर पुनः मगरले जानकारी दिए । मेला अवधिमा पुरुष तथा महिला भलिबल, तिर हान्ने प्रतियोगिता, पुरुष तथा महिला डोरी तान प्रतियोगीता, भाले पकड र घैटाफोर प्रतियोगिता अयोजना गरिने मगरले बताए ।
प्रतियोगितामा प्रथम द्वितीय, तृतीय र सान्तवना हुने समूह तथा प्रतियोगीहरुलाई नगद, मेडल तथा प्रमाण पत्र प्रादन गरिने छ ।
भलिबाल प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजार, मेडल तथा प्रमाण पत्र प्रादन गरिने छ भने क्रमशः द्वितीय, तृतीय, सान्तवनाहुनेलाई १२ हजार, ५ हजार, ५ हजार र मेडल तथा प्रमाण पत्र प्रादन गरिने छ भने डोरी तान प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र १ हजार प्रादन गरिने छ ।
त्यस्तै भाले पकड प्रतियोगितमा प्रथम हुनेलाई नगद १५ सय प्रदान गरिने छ भने घैटा फोर तथा डोरी तान प्रतियोगितमा प्रथम, द्वितीय तथा तृतीय हुनेलाई क्रमशः नगद ३ हजार, २ हजार र १ हजार प्रदान गरिने छ ।