पोखरा । पोखरा महानगरपालिका वडा नं.१९ पुरानचौरमा रहेको माछापुच्छ्रे इको रिर्सोट (मेको रिर्सोट) पछिल्लो समय पर्यटकीय गनतव्य बन्दै गएको छ ।
नेपालमै पहिलो पटक स्लोप कन्सेप्ट मा बनेको रिर्सोट पर्यटकको रोजाईमा पर्दै गएको हो ।
यस रिर्सोटमा घुम्न आउने पयटकलाई शुद्ध अर्घानिक खाना तथा प्राकृतिक वातावरणमा आफ्नो समय बिताई मनोरम दृश्यको आनन्द लिन सकिने सञ्चालक सुजन बास्तोलाले बताए ।
कोरोना महामारीको कहरले आन्तरीक तथा वाहय पर्यटकलाई नकारात्मक प्रभाव परेको बेलामा पर्यटकलाई आर्कषित गर्नका लागीे रिर्सोट सञ्चालनमा लाइएको बास्तोला बताउँछन् ।
रिर्सोटमा घुम्न आउने पर्यटककहरुले विशेष गरी यहाँको वनावट क्षेत्रलाई मनपराउने गरेको बास्तोला बताउँछन् ।
‘पछिल्लो समय सञ्चालनमा आएका रिर्सोटहरुले प्राकृतिक वनावटलाई मोडिफाइड गरी रिर्सोट सञ्चालन गरेका छन् तर यस माछापुच्छ्रे इको रिर्सोटमा कुनै पनि प्राकृतिक वनावटलाई परिवर्त नगरी डाँडालाई कुनै पनि मोडिफाइड नगरी यहाँको भिर तथा रिर्सोट वरिपरिको डाँडाको आकारमा रिर्सोट सञ्चालन गरेका छौँ’ बास्तोलाले भने ।
रिर्सोटमा घुम्न आउने पर्यटकले साहशी खेल जीप साइकलीङ तथा अन्य थुप्रै प्रकारका मनोरञ्जन लिन सकिन्छ । घुम्न आउने पर्यटकलाई लक्षित गर्दै विभिन्न आकर्षित घुम्ने तथा मनोरञ्नात्मक ठाँउहरु बनाइएको छ ।
यस रिर्सोटलाई पर्यटकीय गनतव्य स्थल रुपमा चिनिएको छ । यहाँबाट पोखराको मनोरम दृश्य देखिनुका साथै पोखराको ३६० डिग्रीको दृश्य हेर्न सकिन्छ । यस रिर्सोटमा अग्लो पहाडी स्विङ,रुखको घर,हावामा काठको पुल,हावाँमा साइकलिङ ,माछापुच्छ्रे हिमालको मनोरम दृश्य जस्ता थुपै्र आकषित खेल तथा ठाँउहरुको निर्माण गरिएको छ ।
करिब साढे तीन करोड लागतमा बनेको यस रिर्सोटमा सुजन बास्तोला,सन्तोष पौडेल र विशाल तिवारीको संयुक्त लगानी रहेको छ । कोरोना महामारीको समयमा सञ्चालनमा आएको यस रिर्सोटमा १६ जना कर्मचारीहरुले रोजगार पाइरहेका छन् ।