पुजाखैको अवस्थितिः
रुकुम (पूर्व) र बाग्लुङ जिल्लाको सिमानामा पर्ने समुन्द्री सतह देखि ३७९० मिटरको उचाईमा रहेको बुकी पाटनको बीच भागमा उभिएको 'पूजा खै'मनोरम भू- दृष्यावलोकन गर्नका लागि आफैमा एक प्राकृतिक भ्यू-टावर हो । जहाँ कुनै कृत्रिम भ्यू-टावरको आवश्यक्ता छैन । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत रुकुम (पूर्वी भाग) जिल्ला, भूमे गाउँपालिका वडा नं. १ को रानीवासा र बाग्लुङ जिल्ला र रुकुम (पूर्वी भाग) जिल्लाको सिमानायिरनेटाको उत्तरी भागमा पर्ने अग्लो डाँडाको नाम'पूजा खै' हो । पुजा खै ढोरपाटन हुँदै रुकुमतर्फ बग्ने उत्तरगङ्गा खोलाको किनारमा पर्ने निसेल ढोरको कुँदेबाट दक्षिणतिर देखिन्छ ।
दृष्यावलोकनः
प्राकृतिक रुपमा अग्लो स्थानमा रहेकाले पुजा खैबाट उत्तरतर्फ धौलागिरी हिमाल, पुथा हिमाल, फागुने लेक सिधा अगाडि १८० डिग्रीको कोणमा देख्न सकिन्छ । साथै त्यहाँबाट ढोरपाटन उपत्यका, निसेल ढोर लगायतबाग्लुङ र रुकुम (पूर्व) का विभिन्न ठाउँहरु समेत सजिलै देख्न सकिन्छ । दक्षिणतर्फ रोल्पाको बहुचर्चित धार्मिक स्थल जलजला, रुकुम (पूर्व) र रोल्पाको सिमानामा अवस्थित तिलाचन दह र सो वरपरको भूभाग, बाग्लुङ, म्याग्दी, रोल्पा, रुकुम (पूर्व) तथा रुकुम (पश्चिम) जिल्लाका विभिन्न भूभागहरु समेत देख्न पाइन्छ ।
पूजा खैको श्रृङ्खलामै रहेका चमेली खर्क, ढुसे खर्क,ऐसेलु खर्क, खाली खर्क, बुकी पाटनपनि पुजा खैसँगै घुम्न र रमाउन सकिन्छ ।पहाडको चुचुरामा रहेका ढुङ्गाका विभिन्न अद्भूत आकृतिले बनेकोनेचुरल रक गार्डेन (प्राकृतिकढुङ्गे बगैंचा)मा रमाउन सकिन्छ । बुकी पाटनमा फुलेका रङ्गी-बिरङ्गी बुकी फूलर तिनका बासनाले जो कसैको मन उद्वेलित गरिदिन्छन् । बसन्त ऋतुमा बुकीको तल्लो भागमा विभिन्न प्रजातिका थरि थरिका लेकाली गुराँसको फूलले ढपक्क ढाकिएको देख्न सकिन्छ ।
ग्रीष्म रवर्षा ऋतुमापुजा खै श्रङ्खला वरपर गाई,भैंसी,भेडा,बाख्रा,घोडा खच्चरको हुलै हुलले भरिएको हुन्छ । तसर्थ यस क्षेत्रमा प्रकृति, पशुपंक्षीका साथै मौलिक परम्परागत गोठालो जीवनशैलीसँग राम्ररी साक्षात्कार गर्न सकिन्छ । साथै,बाग्लुङको निसी, भल्कोट. रुकुम (पूर्व)को लुकुम,काँक्री,तकसेरा र रोल्पाको थवाङ लगायतका मगर सँस्कृति र जीवनशैली पनि बुझ्न सकिन्छ । नेपालको राजनैनिक परिवर्तनका क्रममा १० वर्षे जनयुद्धमा जनमुक्ति सेनाको तालिम केन्द्र, युद्ध अभ्यासका ट्रेन्चहरुको अवशेष र गुरिल्ला पदमार्गको पनि अध्ययन अवलोकन गर्न सकिन्छ ।
अवधारणा, प्रयासर अपेक्षित उपलब्धि :
मध्यपहाडी पुष्पलाल लोकमार्गको सहज पहुँचसँगै यिरनेटा, रिगल दह र तिलाचन दह वरपर प्रकृतिसँग रमाउने मानिसहरुको चहलपहल निकै बढेको छ । यससँगै आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न अन्य सम्भावित थप गन्तव्य र पर्यटन पूर्वाधारको विकास तथा प्रचारप्रसार गर्नुपर्ने आवश्यकता बढेर आएको हुँदा प्राकृतिक भ्यू-टावरको रुपमा रहेको पूजा खैको भूमिका र महत्व विशेष छ । उक्त प्राकृतिक भ्यू-टावरबाट मध्यपहाडी पुष्पलाल लोकमार्गको हिरनेटा वरिपरि घुम्ने पर्यटकहरुले हिमाल,ढोरपाटन,बुकीपाटन,रङ्गी बिरङ्गी फूल, गोठालो जीवनशैलीको अवलोकनरअध्ययनमा रमाउन पाउनेछन ।
साथै जनयुद्धकालीन जनसेनाको तालिम केन्द्र, अभ्यास स्थल र नजिकमा रहेका ऐतिहासिक मगर वस्ती तथा गुरिल्ला पदमार्ग समेत रहेका कारण यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेर जाने प्रशस्त सम्भावना रहेका छन् । त्यसैले यस क्षेत्रलाई योजनावद्ध तरिका ले व्यवस्थित रुपमा विकास गर्नका लागि बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका र रुकुम (पूर्व)को भूमे गाउँपालिकाका सरोकारवालाहरुको अपनत्व कायम गरिने गरी योजना बनाई कार्यान्वयनको क्रममा रहेको छ । पुजा खै क्षेत्रमा पुग्नका लागि चालुआर्थिक२०७८/०७९ मा भुमे गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको साझेदारीमा मध्यपहाडी पुष्पलाल लोकमार्गदेखि रानीवासा-कुइपा पर्यटन सडक निर्माण हुँदैछ । पर्यटन सडकसँगैकुइपाबाट पूजाखैसम्म पुग्न पैदल मार्गलाई व्यवस्थितर सहज बनाउने र पूजाखैको प्राकृतिक भ्यू-टावरबाट दृष्यावलोकन गर्न व्यवस्थित पार्क निर्माण गर्नुपर्नेछ ।
चमेली खर्क,पुजाखै, ढेसे खर्कको बुकी पाटनमा साइकिलिङ गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नु पर्दछ । पूजाखैबाट एक रात बास बसी समुन्द्री सतहदेखि ३९९७ मिटरमा रहेको चौरी खर्क सहजै पुग्न सकिने र त्यहाँबाट अझ धेरै भू-दृष्यावलोकन गर्न सकिने भएकाले उक्त क्षेत्रमा प्रकृतिलाई नबिगार्ने गरी क्यामाफ्लज किसिमको बासस्थलको निर्माण पनि गर्नुपर्ने देखिन्छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग आसपास भएकाले उक्त क्षेत्रको व्यवस्थित र सहज पहुँचको विकासका साथै आवश्यक पर्यटन पूर्वाधार र प्रभावकारी प्रचारप्रसार भएमा पर्यटकीय गतिविधिमा वृद्धि भई बाग्लुङ बुर्तिबाङ,निसीखोला, र रानीवासा, लुकुम, काँक्री, खाबाङ, रुकुमकोटको होटल तथा व्यवसायीलाई प्रत्यक्ष अप्रत्यक्ष लाभ हुनेछ ।
पोखरामा घुम्न आउने पर्यटकका लागि पर्वत, बाग्लुङका साथैढोरपाटन, पुजाखै, लुकुम, थबाङ, महत, कमलदह, रुकुमकोट, चुनबाङ, स्यार्पूदह, जाजरकोट, सुर्खेतसम्म समेत थप गन्तव्य बन्न सक्छ । पर्यटन तथा होटल व्यवसायमा वृद्धि हुँदा स्थानीय तहहरुको आन्तरिक आयमा वृद्धिका साथै अन्तरपालिकाको सम्बन्ध पनि थप प्रगाढ भई साझेदारीमा विकासको अवधारणा तथा विकासको ढोका खुल्नेछन् । पर्यटकको आवागमन बढ्दै जाँदा होटल,रेष्टुरेन्ट, रिसोर्ट, ट्राभल एण्ड टुर्स तथा अन्य विविध व्यवसाय सञ्चालन हुँदा निजी क्षेत्रको विकास भई रोजगारीको सिर्जनाका साथै स्थानीय उत्पादनको बजारीकरणको सम्भावना समेत बढ्नेछ । जङ्गलमा पाइने च्याउदेखि गोठालाका दूध, दही घ्यू र राडीपाखी लगायत स्थानीय उत्पादनले बजार पाउने र स्थानीयहरु स्वरोजगार हुनेछन् । स्थानीय भाषा, संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार भई संस्कृतिको पुस्तान्तरण र हस्तान्तरणमा समेत टेवा पुग्नेछ ।
नेपालको आर्थिक वृद्धि र विकासका लागि योगदान गर्ने तुलनात्मक लाभको क्षेत्र पर्यटन भएकाले समग्र नेपालको पर्यटन विकासमा योगदान दिन, पर्यटकहरुका लागि व्यतित गर्ने समय र मनोरञ्जनका लागि नयाँ गन्तव्यको पहिचान तथा पर्यटकीय क्षेत्रहरुको अन्तरआवद्धतामा समेत पुजा खैको विकासले योगदान दिन सक्ने भएकाले उक्त क्षेत्रको व्यवस्थित विकासका लागि सबै सरकारी निकाय तथा निजी क्षेत्रले संयुक्त रुपमा लगानी तथा योगदान गर्न तथा सीमा क्षेत्रका पालिकाहरु बीच आपसी समन्वय र सहकार्यको आवश्यकता समेत देखिन्छ ।
लेखक रामसुर बुढामगर अध्यक्ष, भूमे गाउँपालिका रुकुम (पूर्व)