काठमाडाै/ पर्वतारोही निर्मल पूर्जाको कम्पनी ईलाईट हिमालयन एड्भेन्चर प्रा.लि.ले आगलागीबाट पुगेको क्षेतिबापत घरधनीलाई १ करोड रुपैया दिने भएको छ ।
गत असोज ५ गते काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकास्थित ११ मा रहेको कार्यालय भएको घरमा आगलागीबाट पुगेको क्षति बापत रु १ करोड रुपैया दिने भएको होे । कम्पनीले एक विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
सिलिण्डर विष्फोट भएर आगलागी हुँदा कम्पनीमा कार्यरत तीन जना कर्मचारीहरुको निधन हुनुको साथै कम्पनीको करोडौं सम्पति जलेर नष्ट भएको थियो भने कार्यलय रहेको भवन क्षतविक्षत भएको थियो ।
घरधनी टंक घिसिङले ५ करोडको क्षतिपूर्ति दावी गरेता पनि सो कम्पनीले १ करोड दिने भएको विज्ञप्ति मार्फत जनाएको छ ।
उक्त कम्पनीको संचालकहरु चर्चित आरोही निर्मल पुर्जा, मिंग्मा ग्याबू शेर्पा ९डेमिड० र मिंग्मा तेन्जी शेर्पाहरुले कम्पनीको तर्फबाट १ करोड रुपैयाँ सहयोग स्वरूप प्रदान गर्ने निर्णय गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
सहयोग नितान्तै न्यायसंगत रहेको र उदारताका साथ प्रस्तावित गरीएको बताइएको छ।
कार्यलय अवस्थित घरको पुनः निर्माण गर्नको लागी अन्दाजी १ करोड २० लाख लाग्ने र बाँकी २० लाख रुपैयाँ घरको सामानलाई पुनः प्रयोग गरेबाट पूर्ति हुने अनुमानित गरीएको थियो।
पछिल्लो समय घरधनी टंक घिसिङले आफ्नो फेसबुक तथा विभिन्न सञ्चार माध्यमद्वारा प्रेसित गरेको कपोलकल्पित, भ्रमपूर्ण तथा निराधार समाचारहरु प्रति गम्भिर ध्यानाकर्षण रहेको विज्ञप्तिमा भनिएको छ।
घरधनीको भवनमा समेत क्षति भएकोमा कम्पनीले दुःख व्यक्त गर्दै सो भवनको पुन निर्माणमा कम्पनीको तर्फबाट उनीहरुको क्षमताले भ्याएसम्मको योगदान गर्ने विज्ञप्तीमा बताइएको छ ।
पछिल्लो समय घरधनी घिसिङले कम्पनीले धान्न नसक्ने गरी ५ करोड क्षतिपूर्ति माग गरेकोमा र विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत कम्पनीको कर्मचारीहरुलाई तथानाम गाली गलौज गर्नुका साथै कम्पनिविरुद्धमा निराधार तथा भ्रमपूर्ण विषयले शान्तिपूर्ण र स्तन्त्रतापूवर्क पेशा व्यवसाय गर्न पाउने हक अधिकारलाई कुण्ठित गरेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
घरधनीले कम्पनी तथा सञ्चालकहरुको ईज्जत, प्रतिष्ठा, सम्मान तथा साँखलाई समेत असर पर्नेगरी सर्वसाधारणमा भ्रम छरिएकोमा आपत्ति समेत प्रकट गरिएको छ।
विज्ञप्तिमार्फत सम्पूर्ण सरोकारवाला, शुभचिन्तक तथा आफन्तजन र कम्पनिका लाई कुनै प्रकारको भ्रममा नपर्न र राज्यका निकायहरुलाई सत्य तथ्यको छानविन गरी दोषी पाइएमा आवश्यक कारवाही गर्नलाई ईलाईट हिमालयन एड्भेन्चरद्वारा अपिल गरेको छ ।
उता घरधनि टंक घिसिङले साढे पाँच करोड रुपैयाँ लगानी गरेर दुःख गरेर बनाएको घरमा क्षति पुर्याएकोले आफूहरु विस्थापित हुन बाध्य भएको बताएका छन् ।
घिसिङले कम्पनीको लापरवाहीले आफूले सबथोक गुमाएको र आफ्नो रु पाँच करोडभन्दा बढीको सम्पत्ति क्षति भएको सञ्चार माध्यमलाई बताएका छन् ।
कम्पनीले क्षतिपूर्ति स्वरूप किस्तामा एक करोड दिने प्रस्ताव गरेको छ। तर घिसिङले भने त्यति पैसाले भग्नावशेष हटाउन पनि नपुग्ने बताउँदै कम्पनीले कम्तीमा पाँच करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने अडान राखेका छन् ।