काठमाण्डौं ÷ गत वर्षहरुको तुलानामा धनकुटमा अलैंची खेतीमा यस वर्ष वृद्धी भएको छ। आर्थिक वर्ष ७७÷७८ को तुलनामा गत वर्ष उत्पादन २ मेट्रिकटनले वृद्धी भएको हो।
कृषी ज्ञान केन्द्र धनकुटाका अनुसार यस वर्ष ४० मेट्रिकटन अलैचीं उत्पाद भएको होे। चालु आ.व.मा यो बढेर ५० मेट्रिटन पुग्ने अनुमान रहेको कृषी ज्ञान केन्द्र धनकुटाले जनाएको छ।
नयाँ प्रजातिको विरुवा, खेतिमा परिवर्तन भएको स्वरुपका कारण पुन ः उत्पादन बढ्न थालेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर रानाको भनाई छ।
उनले भने–प्राविधिक टोलीहरुले् ठाउँ ठाउँमा गएर त्यहाँका किसानहरुले अलैचीको विषयमा जानकारी गराउने, तालिम गराउने, अलैचीमा लाग्ने रोग कीराको पहिचान गराउने, त्यसमा उपयुक्त हुने बिषादी प्रयोग गर्ने, स्वस्थ, राम्रो खालको नर्सरीको विरुवा लगाउन जनचेतना जगाउन थालेपछि अहिले पहिलाको भन्दा अहिले अलैचीको उत्पादन बढेको हो।’
केही समय अगाडि रोग कीराका कारण अलैचीको बगान मासिदा घ्टदै गएको उत्पादन गत वर्षबाट भने पुन ः बढ्न थालेको छ।
धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. २ का स्थानीय कृषक देबीबहादुर अधिकारीले अलैची खेती गरेको करिब तीन दशक बितेको छ। तीन दशकको दौरानमा अधिकारीले धेरै उतारचढाव भोगे। बार्षिक ४५ मनसम्म अलैँची उत्पादन गर्दै आएका अधिकारीको बगैँचा विभिन्न रोगकीराको प्रकोपका कारण एकाएक मासियो। तर अहिले पुन ः नयाँ बगान लगासँगै अहिले बार्षिक १५ मन उत्पादन गर्न थालेका छन्।
अधिकारी भन्छन –‘पहिला त मैले ३८÷४० मन बेच्थे, रोगकीराका कारण सबै बगान नै मासियो, अहिले सुधार भएपछि १२ देखि १५ मन उत्पादन हुन्छ।’ प्राविधिक ज्ञान भए उत्पदान र गुणस्तरमा थप वृद्धी हुन सक्ने उनि बताउँछन्।
अलैँचीमा गाँनो कुहिने, पात पहेलिने, गुबो सुक्ने, छिर्केफुर्के आदि रोगका कारण धेरै बगान मासिएको कृषकहरु बताउँछन्।
रोग निराकरणमा उल्लेख्य सुधार हुन नसकेपनि पुरानो बगान मासेर नयाँ बगान लगाउँदा भने यो समस्या कम हुँदै गएको कृषकहरु बताउँछन्। अधिकारी भन्छन्–‘पुरानो बगान मासेर नयाँ बगान लगाएपछि उत्पादन बढेको छ, पहिला अलैची खेती छोड्नेहरुले पनि खेती गर्न थालेका छन्।’
अर्का कृषक बलबहादुरको भनाई पनि उस्तै रहेको छ । उनि भन्छन्–‘अलैचीमा उत्पादनमा धेरै समस्या छ, गानो कुँहिने समस्या, फल दिने डण्ठी फुटेर जाने, यसले गर्दा गुणस्तरीय उत्पादनमा समस्या धेरै नै छ।’
पहिलको तुलानमा गुणस्तरमा केही कमि भएको उनि बताउँछन्।
उनले भने–‘पहिलाको जस्तो गुणस्तरीय अलैचीको उत्पादन भएको छैन, यसका लागि सरकारी स्तरबाट केही सहयोग भएको छैन अलैँचीमा लाग्ने रोग कीराको औषधिमा सहयोग, प्राविधिक ज्ञान दिन सके अझ गुणस्तीय बन्न सक्थ्यो, तर राज्यबाट त्यो गर्न सकेको छैन।’ सरकारी स्तरबाट केही सहयोग हुन्छ भन्ने आशा बोकेर धेरै पहल गरेको भए पनि राज्यबाट त्यस्तो सहयोग नपाएको उनको गुनासो छ।
इलामबाट बिरुवा ल्याएर धनकुटामा करिब चार दशक यता अलैचीको खेति गरिदै आएको छ। अघिल्ला वर्षहरुमा प्रतिमन १ लाख २० हजारसम्म मूल्य पाएका कृषकले पछिल्लो बर्षहरुमा ३० हजार रुपैया प्रतिमन भन्दा बढी मूल्य पाउन सकेका छैनन्।