हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला ? कालिञ्चोक भगवती मन्दिर पुग्ने जोसुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन्। काठमाडौंबाट केही घण्टाको यात्रामै पुगिने कालिञ्चोक भगवती मन्दिरलाई नजिकको तीर्थ पनि भनिन्छ।
धार्मिक मान्यता अनुसार कालिञ्चोक भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन्। मागेको कुरा पुग्ने जनविश्वास पनि छ।
कालिञ्चोक भगवती मन्दिर धार्मिक रुपले पनि प्रसिद्ध मानिन्छ। मनोरम दृश्य समेत अवलोकन गर्न पाइने यो मन्दिर परिसरबाट गौरीशंकर हिमाल आँखै अगाडि देखिन्छ। साथै लाङटाङ हिमश्रृंखलाको काखैमा उभिएको महसुस गर्न सकिन्छ यहाँबाट।
याे पनिः हिमपातसँगै कालिञ्चोकका पर्यटन व्यवसायी उत्साहित
कसरी पुग्ने कालिञ्चोक
काठमाडौंदेखि दोलखाको दूरी १ सय ८२ किलोमिटर छ। दोलखाको सदरमुकाम चरिकोटबाट कालिञ्चोक जान थप १७ किलोमिटरको दूरी पूरा गर्नुपर्ने हुन्छ।
कालिञ्चोक समद्री सतहदेखि ३ हजार ८ सय ४२ मिटरको उचाइमा छ। त्यहीँ कालिञ्चोक भगवती मन्दिर अवस्थित छ।
कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती गरी सात भगवती दिदी बहिनीमध्ये एक हुन् भन्ने किम्बदन्ती छ।
चरिकोटकबाट कालिञ्चोक जान अर्को लोकल जीप समातेर जानुपर्ने हुन्छ। चरिकोटदेखि कालिञ्चोकको कुरी बजारसम्म कच्ची मोटरबाटो छ, जुन बाटोमा बोलेरो र मोटरसाइकल चलाउन सकिन्छ। यस बाटोमा नियमित सार्वजनिक सवारीसाधन भने उपलब्ध छैन।
याे पनिः हिमपातसँगै कालिञ्चोकका पर्यटन व्यवसायी उत्साहित