प्राकृतीको सौदर्यता सँगै हिमाली काखबाट कलकल बहने खोलानालाहरु आफैमा मोहित हुन्छन् । हरीयाली बनपाखा सँगै चरीहरुको चिरबिरमा रमाई रहेका झरना खोलाहरु प्राकृतिक सुन्दरताले सजिएका हुन्छन् । यही सुन्दरता सँगै दोलखामा रहेको लौती झरनाले यतीबेला पर्यटकहरुको मन तान्न थालेको छ ।
नेपालको स्विट्जरल्याण्डको उपनामले परिचित जिरीमा रहेको लौती झरनामा पर्यकटहरुको अगमन बढ्न थालेको छ ।
समुन्द्री सतहबाट १६४९ मि. देखि ५३४१मि. सम्म उचाईमा रहेका पर्यटकीयय नगरी जिरी, नेपालको एक सुन्दर , शान्त र आकर्षित ठाउँ हो। पर्यटकिय जिरी नगरपालिकामा आन्तरिक पर्यटनलाई लोभ्याउने धेरै पर्यटकिय स्थलहरू रहेको छ। हो त्यसै मध्य मनै लोभ्याउने, कलकल पानीको आवाजमा छङछङ बगिरहने लौती झरना एक हो।
जिरी बजारबाट ६ कि.मिको दुरिमा रहेको यस झरना लगभग ५० मि. अग्लो रहेको छ। जिरेल समूदायको बसोबास स्थल मध्य एक माथिलो सिक्रीनजिकै रहेको यस झरनाको प्राकृतिक रमझम लोभान्वित छ भने ऐतितिहासिक कहानी झन रोमान्चित रहेको छ।
बिशेषगरि धान्ने पुर्णे र चण्डी पुर्णेमा विभिन्न ठाउँबाट बनझाँक्रीहरू आएर यस झरनामा नुहाउने साथै तान्त्रिक नाचगान गर्ने गरेका थिए भन्ने धार्मिक मान्यता रहेको छ । विभिन्न नयाँ मान्छेहरू त्यहाँ लगेर तन्त्रमन्त्र साथै झाँक्रीको पाठ सिकाउने समेत गरेको कुरा त्यसठाउँ वरिपरि रहेका बुढापाकाहरूबाट सुन्नमा पाईन्छ । बिशेषता यस झरनामा लौती नामक झाँक्रीपनि आएर नुहाउने, तान्त्रिक नाचगान गर्ने गरेकोले यस झरनाको नाम लौति झरना राखिएको भन्ने स्थानीय मान्यता रहेको छ ।
यसै झरनाले जिरीका सौन्दारियता थप रमाणिय बनाएको छ। लौति झरना वरिपरि हेर्न र घुम्नलायक स्थलहरू अरू पनि छ। कुडाँर गुफा एक गुफा जहाँ ५०,६० वटा गाईभैँसि आजकाल पनि पानिमा ओथ लाग्नि गर्छन। चिया बगान लौती झरना नजिकै जिरीको चियाबगान छ। जहाँ चियाबखान घुम्न, हेर्न अनि फोटो खिच्न पाईन्छ। त्यहाँ उत्पादित चिया जिरी टि भनेर बजारमा पाउन सकिन्छ। लौति झरनाकै झरेको पानीलाई प्रयोग गरि नजिकै टाउट माछा पालन गरिको छ। त्यस्तै लौती झरनाको पारीपट्टि एक सुन्दर जिरेल बस्ती माथिलो सिक्री रहेको छ । जहाँ जिरेलपरिवारहरू घुम्न आउनेहरूलाई मिठो स्वागत गर्न पर्खिरहेका हुन्छन्।
गुपसुपमा रहेको लौती झरनामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन् । बास्तबमा कोरोनापछि धेरै आन्तरिक पर्यटक यस झरनामा रम्न गएको पाईएको छ । जिरी हाटडाँडा (मानेडाँडा) बाट ३ किलोमिटको दुरीमा रहेको लौति झरनासम्ममा मोटरबाटो बनिसकेको छ। यस लौति झरनालाई केन्द्रबिन्दु बनाएर हाईकिङ समेत गर्न मिल्छ ।
बिशेषता जिरी बजार, देविथान मन्दिर, बुद्ध पार्क, चियाबगान, लौति झरना, सिक्री बस्ति, बोजिनि हाइड्रोपावर, दोभान, जिरी एयरपोर्ट, कृषि फार्म, जिरी प्राबिधिक शिक्षालय, जिरी बजा, यस्तै विभिन्न रूटबनाएर हाईकिङ गर्न सकिन्छ ।
लौती झरना कै सुन्दर र रमणीय यस लौती झरना र वरिपरि बिशेषरूपमा बिकासको ध्यान नदिएको त्यहाँ मानिसको गुनासोलाई पक्कै पनि वडा साथै नगरपालिकाले मध्यनजर गर्दै यस क्षत्रलाई पर्यटकिय स्थलको रूपमा चिनाउन लागिपर्ने नै छ। लौती झरना तपाईं हामी सबैलाई स्वागतको लागि पर्खिरहेको छ।