फोक्सुन्डो पदमार्गको सम्दुवाबाट देब्रेपट्टि ४.३ कि.मि दूरी हिँडे पुगिन्छ पुग्मो गाउँ। शे-फोक्सुन्डो गाउँपालिका - ९मा पर्ने गाउँमा ५० घरदुरी छन्। काठ, ढुङ्गा, र माटोबाट बनेका घरहरू।
गाउँमा भोटे समुदायको बसोबास छ खेतीपाती र पशुपालनमा निर्भर छन् उनीहरू। चौरी, भेडा र बाखा पाल्छन्। आलु, फापर, गहु जस्ता खाद्यान्न र तरकारी उत्पादन गर्छन्।
गोरेटामा चैत्यहरू बस्ती छेउमा गुम्बा, पुग्मो (३,२०० मिटर) का हरेक घरको छतमा बोन झन्डा फर्फराइरहेको। गाउँ नै बोन धर्म मान्छन्। त्यहाँ नामयाल लाखाङ गुम्बा छ पन्ध्रौं शताब्दीमा टेलोन ठेवाड इन्टिमले बनाएको गुम्बा। गुम्बामा व नामपार ग्याल्वा, त्रिकाल बुद्धका मूर्तिहरू माग सिंग्यात्मक मूर्तिका साथै पुराना थानक र ठूलो माने पनि छ।
पुग्मोमा एउटा होटल छ त्यो हो कंजीरूवा । गाउँबाट कागमारा बेस क्याम्प पुग्न ५ घन्टा लाग्छ। कागमारा भन्ज्याङ छिचोलेर जुम्ला निस्कने पदयात्रीहरू पुग्मो गाउमा एक रात बस्छन्।
गाउँभन्दा माथि कान्जिरोवा हिमालको फेदीमा चार वटा ताल छन्। छो-ङोन्पो (नीलो ताल), छो-कारपो (सेतो ताल), छो नाक्पो (कालो ताल) , छो लुगाल |
गाउँबाट ३ घन्टा दूरीका कुनासा र खरक छोड पाटनमा बर्सेनि किरा (यार्चागुम्बा) टिप्ने हरूको मेला लाग्छ। कुनासामा भदौ पूर्णिमामा ठूलो मेला लाग्छ त्यहाँ लामा छुमिक तिर्थस्थल छ। त्यहाँ बोन लामाहरू गुप्त बास बस्ने धेरै गुफाहरु पनि छन्।
हेर्नुहोस् केही तस्बिरहरू