भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ । भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्दछन । उच्च पहाडमा रहेको बाह्रैमास चिसो हावा बहने हुनाले यहाँ गर्मी मौसममा शीतल हावा खान र जाडो मौसममा पिकनिकको लागि आउने मानिसहरूको भीड लाग्दछ । तराईको गर्मी बाट बच्न केवल एक घण्टा को यात्रा मै पुग्न सकिन्छ भेडेटार।
भेडेटारको शिरमा शैलुङ्गडाँडा नामक एउटा अग्लो चुचुरो छ । २०३८ सालमा वेलायतका युवराज चाल्र्स शैलुङ्गडाँडाको टुप्पोमा चढ्नु भएको हुदाँ यस डाँडालाई चाल्र्स प्वाइन्ट नामकरण गरिएको हो । चाल्र्स प्वाइन्टको संरक्षण तथा पर्यटकको सुविधालाई ध्यानमा राखी जिल्ला विकास समिति धनकुटाबाट डाँडाको टुप्पोसम्म पुग्ने सिंढी निर्माण पुरा भएको छ र दृश्य अवलोकन टावर निर्माण गरिएको छ ।
भेडेटारको मुख्य विशेषता भनेकै घाम र बादलको लुकामारी हो । छिनछिनमा मौसम परिवर्तन हुने विषेशता रहेको भेडेटारमा सम्पन्न होटल खुलेका छन । पूर्वाञ्चलमा सबैभन्दा बढी घुम्न रुचाउने पर्यटकीय गन्तव्यका रुपमा भेडेटारलाई लिन थालिएको छ ।
छिनमै कुहिरो लाग्ने छिनभरमै घाम लाग्ने गरेको मनोरम दृश्य साँच्चिकै हेर्न र महसुस गर्न लायक हुन्छ । हरियालीले भरिपुर्ण यो स्थलमा धरान झर्ने घुम्ति कालो पत्रे सडकले अर्को सुन्दरताको मसला थपेको छ । त्यसो त भेडेटारको अर्को आकर्षण चाल्र्स भ्यु टावरलाई कहिल्यै हरियालीले छुदैन ।
तराईको उखरमौलो गर्मीलाई छल्न नेपालको पुर्वी तराई वासीहरु र भारतको विहार प्रदेशका केहि मानिसहरुकोलागि भेडेटार उपयुक्त ठाउँ बनेको छ । गर्मियाम सुरु भए सँगै भेडेटार शितल ताप्नु जानेको लस्कर लाग्ने गरेको पाइन्छ । भेडेटार त्यसै पनि घुम्नका लागि उपयुक्त थलो हो ।अहिलेको अवस्थामा कोरोनाको कारण बाह्य पर्यटकको कमि भएपनि आन्तरीक पर्यटकको चहलपहल उत्तिकै देख्न पाइन्छ।
भेडेटार देखि धरान झर्ने सडक
पहाडको टुप्पोमा अवस्थित यो पर्यटकिय क्षेत्रमा बाह्रै महिना चिसो हावा बहने स्थल हो । नेपालको विभिन्न भु–भागबाट र भारतको विभिन्न भु–भागबाट यस ठाउको मज्जा लिन आउने गरेको छन । पर्यटन प्रवद्र्धनको बलियो सम्भावना बोकेको यो भेडेटारमा होटेल व्यवसाय मज्जैले फस्टाएको पाइन्छ ।
भेडेटार पर्यटन साथसाथै विभिन्न चाड मनाउनका लागि पनि उपयुक्त थलो बनेको छ । यसका साथै सिजनमा पिकनिक खेल्नका लागि पनि पुर्वी नेपालको प्रचलित थलो बनेको छ । भन्ने नै हो भने लोकल भाषालाई सापटीमा लिएर भेडेटार रमाईलोको बजार हो । यहाँ बाह्रैमास मनोरञ्जनका लागि विभिन्न ठाउँबाट मानिसहरु आउने गरेको पाइन्छ ।