म्याग्दीको मंगला गाउँपालिका-३ मा अवस्थित पर्यटकीयस्थल झाँक्रीपानी समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा अवस्थित छ ।
तीनतले भ्यूटावर प्रयोगमा रहेको छ भने अन्य विभिन्न पूर्वाधार निर्माणधिन अवस्थामा रहेको होमस्टे, चारैतिर बनजंगल, तल म्याग्दी नदीको नागवेली दृश्य, अग्लाअग्ला पहाड,ग्रामिण परिवेश,छरिएर रहेको वस्ती, ढुङ्गाका छानो भएका घर, विभिन्न प्रजातिका जडिबुटी,चैत–बैशाखमा राताम्यै फुल्ने लालिगुराँसको अवलोकनका लागि समेत आन्तरिक पर्यटकको घुईचो लाग्ने गरेको छ ।
झाँक्रीपानीमा भ्यूटावर, पदमार्ग सहित एकिकृत सामुदायिक भवन समेत निर्माण भइरहेको छ । गाउँपालिकाको वडा नं ३ र ४ मा अवस्थित बरंजा एतिहासिक तथा धार्मिकस्थलको रुपमा रहेको छ ।
चारैतिर बनजंगल, तल म्याग्दी नदीको नागवेली दृश्य, अग्लाअग्ला पहाड,ग्रामिण परिवेश,छरिएर रहेको वस्ती, ढुङ्गाका छानो भएका घर, विभिन्न प्रजातिका जडिबुटी,चैत–बैशाखमा राताम्यै फुल्ने लालिगुराँसको अवलोकन, संसारकै सातौँ अग्लो धौलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, गणेश हिमाल लगायतका दर्जनौँ हिमालको प्रत्यक्ष अवलोकनका साथै छिमेकी बागलुङ जिल्लाको ताराखोला गाउँपालिका सहित पर्वतको समेत केही गाउँ समेत देखिन्छ ।