तनहुँ सदरमुकाम दमौली नजिकै रहेको मानहुँकोट पछिल्लो समय पर्यटकीय गन्तब्यमा परिचित छ। फिल्म सुटिङदेखि म्युजिक भिडिओ र घुमफिरका लागि आउने आन्तरिक पर्यटकले यो क्षेत्र भरिभराउ हुन्छ।
दमौलीबाट करीब आठ किलोमिटर दूरीमा रहेको मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक हजारौ पर्यटक पुग्छन्।
पत्याउनुस् नपत्याउनुस् फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बन्दै गएपछि यसरी मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो। अब त राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ । घुमन्ते झुक्किन्छन् त्यहाँ पुगेपछि र भन्छन् अहो अझै लोभलाग्दो सुन्दर रहेछ यो त !
पोखरा र चितवनको बीच भागमा रहेको र राजमार्गबाट पनि नजिक भएकाले मानहुँकोटको भविष्य उज्ज्वल देखिन्छ।
कसरी पुग्ने मानहुँकोट ?
पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ स्थित पर्ने मानहुँडाँडा तपाई काठमाडौं, पोखरा वा चितवन जताबाट पनि दमौली पुग्नुपर्ने हुन्छ।
दमौली बजार पुगेपछि करिब ३० मिनेटको सवारी दुरीमा सजिलै मानहुँडाँडा पुग्न सकिन्छ । समुद्र सतहदेखि करिब ११ सय मिटर उचाईमा छ ।
सदरमुकामबाट नजीकै रहेर पनि ओझेल थियो । तर, अहिले भने पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ। अहिले पैदल हिँड्नु पर्दैन । सवारी साधनबाट करीब २५, ३० मिनेटमै पुग्न सकिन्छ । एक किलोमिटर बाटो कालोपत्र भइसकेको यस ठाउँमा कालोपत्र गर्ने काम भइरहेको छ ।
किन जाने मानहुँकोट, केके देखिन्छ ?
मानहुँकोटबाट दमौली छर्लङ्ग देखिन्छ । घुमन्तेको मनै लोभ्याउँछ । सामान्यत शनिबार र सार्वजनिक बिदाको दिन अत्यधिक भीड हुन्छ ।
लोभलाग्दो दमौली बजार र हिमालका शृङ्खलाहरु निर्घात हेर्न पाइन्छ । दमौली बजार आसपासका क्षेत्र जाडोयाममा झोप्पिने कुहिरोले अझै बढि आनन्त घुमन्तेलाई दिन्छ । माछापुछ्रे, अन्नपूर्ण लगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ ।
न्यानो घाम र बिहान सूर्योदय र बेलुकाको अस्ताउँदो सूर्य आँखा नजीकबाट नियाल्न पाइने । घोप्टिएको हिमाल तथा समथर फाँट, नदीनाला ।
विविध संस्कृति प्राकृतिक रमणीय स्थल विशेषतः यो मगर समुदायको बसोबास रहेको क्षेत्र छ । मगर समु्दायको संस्कृति यो ठाउँको अर्को आकर्षण हो।
हेर्नुहोस् तस्बिरहरू