हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानभन्दा दक्षिणमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको महाशाखाले जनाएको छ।
बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाकाअनुसार बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।
राति देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आगामी शुक्रबारसम्म देशका विभिन्न स्थानमा वर्षा जारी रहनेछ।
जस अन्तर्गत बिहीबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस्तै शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।