हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
जसको कारण देशभर सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम, गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
मंगलवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको विभागले जनाएको छ ।
मंगलवार राति गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको विभागको भनाइ छ।
यस्तै बुधबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र सो को कारणले पहाडी तथा भिरालो जमिनमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम , सडक तथा हवाई यातायातमा सामान्य प्रभावको संभावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले जनाएको छ ।