काठमाडौं, साउन ६ गते ।
बिहीबार बिहान पाकिस्तानको ८,०३५ मिटर अग्लो गसेर्ब्रुम–२ हिमालकाे आरोहण गरेसँगै संखुवासभाका आरोही गाइड सानु शेर्पा विश्वकै एक्ला कीर्तिमानी आरोहीको रुपमा नाम राख्न सफल भए। विश्वमा रहेका ८ हजार मिटर भन्दा अग्ला १४ हिमालको दोहोर्याएर आरोहण गर्ने उनी पहिलो आरोही भएका छन्।
संखुवासभाको मकालु गाउँपालिका–१ स्थायी घर भएका ४७ वर्षीय सानु शेर्पा केही वर्षयता विश्वकै १४ अग्ला हिमाललाई दोहोर्याएर चढ्ने अभियानमा जुटेका थिए। यो सपना उनले विहीबार पुरा गरेका हुन्।यसै वर्षमात्र उनले मकालु र कञ्चनजंग हिमालको पनि दोहोर्याएर आरोहण गरे।
सन् २००५ मा काठमाडौं आएर ट्रेकिङ भरियाको रूपमा काम गर्ने मौका पाएका सानुले पहिलो पटक सन् २००६ मा ८ हजार मिटर भन्दा अग्लो हिमाल चोयूको आरोहण गरेका थिए। त्यसपछि प्रत्येक वर्ष उनको जीवन हिमालमै वित्यो । आठ हजार मिटर अग्ला हिमाल नेपालमै १४ वटा गरी विश्वभर २० वटा रहेपनि नेपालका आठ वटालाई मात्र इन्टरनेश्नल क्लाइम्विङ एण्ड माउन्टेनेरिङ फेडेरेसनले मान्यता दिएको छ । तर नेपाल सरकारको तथ्याङकमा भने १४ वटानै कामय गरिएको छ । देश तथा विदेशी कम्पनीमात्र नभएर उनले विशेष गरी पायोनियर एड्भेन्चर ट्रेकमा रहेर उहाँ आरोहण गर्दै आएका छन्।
सालिन र शान्त स्वभावको सानु शेर्पा आफूले विश्वमै पहिलो कीर्तिमान राख्न सफल भए पनि चर्चा बटुल्ने प्रसाय भने पटक्कै गरेनन्। उनी भन्छन्- हल्ला गरेर मिडियाबाजी गरेर हुने केही होइन आफ्नो क्षमता र दक्षताको सम्मान आफूले पाउनेमा विश्वास्त छु। कीर्तिमानका लागि वास्तविक आरोही भन्दा पनि चर्चामात्र बटुल्ने नवआगन्तुक आरोहीहरुले हिमाललाई वदनाम गर्ने गरेको भन्दै यस्ता गतिविधिलाई राज्यले नियन्त्रण गर्नुपर्ने उनले सुझाव दिए।
नेपालमा सानु शेर्पा सहित पाँच जानले मात्र यी अग्ला हिमालको एक पटक आरोहण गरेका छन्। तर १४ हिमाललाई दोहोर्याएर आरोहण गर्नेमा उनी पहिलो मानिस भएपछि नेपालको साहसिक पर्यटन क्षेत्रमा थप प्रवद्र्धन हुने विश्वास पर्यटन व्यवसायीहरुले राखेका छन्।
विश्वजगतले सानुको साहसलाई नियालेको छ, पर्वतीय पर्यटन र साहसिक पर्यटन प्रवद्र्धनमा उनले नेपालले सम्मान सहित प्रयोग गर्नसक्नु पर्ने नेपाल पर्यटन बोर्डका सदस्य ङवाङङिमा शेर्पाले बताए। ‘हिमालसँग सन् १९५३ देखि मानव सम्बन्ध जोडिए पनि पाइए पनि त्यसयता देखिको ठूलो उपलब्ध सानु शेर्पा पहिलो हो यो विदेशी आरोहीले तोड्ने सम्भावना पनि न्युन छ’, उनले भने।
सानु शेर्पाको विश्वको १४ वटा हिमालमा दोहोरो आरोहण सफलता हासिल गरेकोमा शुभकामना दिँदै सम्पूर्ण नेपाली माउन्टेन गाइडको लागि अत्यन्त खुसीको क्षण भएको पर्वतीय पथ प्रदर्शक संघ नेपाल (मोगान)का अध्यक्ष सञ्जिव गुरुङले बताए।
नेपाली माउन्टेन गाईडहरु हिमाल आरोहण क्षेत्रमा विश्वमै अव्वल भएको बताउँदै उनले थपे,‘नेपाली पर्वतारोहीहरु विश्वकै उत्कृष्ट पर्वतारोही मध्य हुन् र उनीहरूसँग विश्वका कुनै पनि गाइडभन्दा सीप, अनुभव र दक्षताको कमि छैन भन्ने प्रमाणित गरेको छ।’
शेर्पाहरु हिमाल चढ्ने गरे पनि सानु शेर्पाको जस्तो आरोहण गर्ने कमै मात्रामा रहेका छन्। हालसम्म उनले आठ हजार मिटरभन्दा अग्ला हिमालहरु ३५ पटक आरोहण गरिसकेका छन। यी मध्य सगरमाथाको सात पटक आरोहण गरे।
अन्य कीर्तिमानी आरोहीहरुमा २६ औं पटक सगरमाथाको आरोहण गर्ने कामीरिता शेर्पा, महिलामा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने महिलामा संखुवासभाकी लाक्पा शेर्पा लगायत छन्।
उनले अग्ला हिमाल आरोहणको विवरण
अग्ला हिमाल आरोहण गरेको वर्ष :
सगरमाथा २००७, २००८, २००९, २०१२, २०१३, २०१६, २०१७
मनास्लु २०१०, २०११, २०१६
नागा पर्वत २०१७, २०१८, २०२२
अन्नपूर्ण २०१६, २०२१
ब्रोड पीक २०१४, २०१७
चोयू २००६, २००८
धौलागिरी २०१९, २०२१
गोसेर्व्रुम २ २०१९, २०२२
गोसेर्व्रुम १ २०१३, २०१९
केटु २०१२, २०२१
कञ्चनजंग २०१४, २०२२
ल्होत्से २००८, २०२१
मकालु २०१९, २०२२
सिंसापाङ्मा २००६, २०११