बागमती प्रदेश सरकारले जिरीका पर्यटन व्यवसायी केशर बहादुर जिरेललाई सम्मान गरेको छ।
वागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले एक समारोहबीच प्रदेशका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिलाई सम्मान दिने क्रममा जिरेललाई पदकसहित सम्मान गरेका हुन्।
नेपालको स्वीटजरल्याण्ड भनेर चिनिने पर्यटन नगरी जिरीमा ३ दशक लामो समयले परयटन व्यवसायमा सहभागी जिरेलले जिरीमा होटल 'ग्याबिला होटल' सञ्चालन गर्दै आएका छन्।
एसएलसीसम्मको अध्ययन पुरा गरेको जिरेल स्वीस सरकारको सहयोगमा २ वर्षे चिज मेकरको तालिम लिएर दूग्ध विकास संघमा अस्थायी रुपमा जागिर सुरु गरेका थिए ।
दूग्ध विकास संस्थानमा कार्यरत हुँदा कामकै सिलसिलामा उनी २०४३ सालमा चीज तालिम अन्तर्गत फिलिपिन्स गएका थिए। दुग्ध विकास संस्थानमा २७ वर्ष काम गरिरहेका उनले २०५७ सालमा सरकारी जागिर छाडेरै होटल व्यवसायको थालनी गरे। चिज टेक्निसीयनका रूपमा उनि फिलिपिन्स, स्वीजरल्याण्ड, अमेरिका, हङकङ, थाइल्याण्ड, भारत लगायतका थुप्रै देशमा गएर तालिम समेत लिएका छन ।
विभिन्न समाजसेवामा आवदध जिरेल करिब २४ वर्षदेखि होटल व्यवसायमा संलग्न छन । उनलाई श्रीमति सहित परिवारले सघाइरहेका छन।
होटल व्यवसायमा दुई दशक लामो अनुभव कमाइ सकेका केशर सुरूदेखि यो क्षेत्रमा लागेका होइनन्। यो काममा लाग्नुअघि उनी दूग्ध विकास संस्थानमा चीज प्राविधिक थिए। उनको मुख्य काम चीज उत्पादनका प्रक्रिया र मर्मत कार्यकर्ताहरूको निरीक्षण गर्नु थियो।
'स्विट्जरल्यान्डमा मैले आठ महिना बसेर चिज उत्पादनको तालिम लिएँ,' केशरले भने, 'त्यहाँ चिज उत्पादनबारे मैले धेरै ज्ञान पाएँ। तर त्यति बेलाका नेपालका लागि स्विस दूतावासका एक काउन्सिलरले मलाई पटकपटक जिरीमा होटल व्यवसाय गर्न प्रोत्साहन गरिरहनु हुन्थ्यो। होटलतिर केही अनुभव नभएकाले सुरूमा मैले त्यो कुरा त्यति ध्यान दिइनँ।'
सरकारी जागिरे र त्यहीँमाथि देश-विदेश घुमेर अनुभवी चीज प्राविधिक बनेका केशरले काठमाडौंमा घरजग्गा समेत जोडिसकेका थिए। यता जागिर खाइरहँदा उनलाई जिरीमा होटल खोल्ने सोचले भने पछ्याइरहेको थियो।
त्यस बेला जिरीमा विदेशी पर्यटकको घुइँचो हुन्थ्यो। तर होटल भने फाट्टफुट्ट मात्रै थिए। पर्यटकलाई सबै सुविधा दिने व्यवस्थित होटल थिएनन्। त्यसैले पर्यटकलाई सुविधा दिने र आफ्नो परिवारलाई भविष्यमा सजिलो हुने सोचले उनले
करिब १५ महिना अस्थायी कर्मचरीका रूपमा चिज उद्योगमा काम गरेका उनले २०३४ सालमा लोक सेवा दिएर चिज टेक्निसीयनमा स्थायी जागिर पाए । मासिक ८ हजार ६ सय रुपैयाँ तलब पाउने गरेका उनी आफ्नो कमाईमा सन्तुष्ट हुन सकेनन् । उमेरमा नगरे कहिले गर्न सकिँदैन भन्ने सोचका जिरेलले २०५५ सालदेखि होटल सञ्चालन गर्न थाले । करिब १२ लाख रुपैयाँ लगानीमा जिरीमै होटल ग्याबिला सञ्चालनमा ल्याए ।
‘बुढेसकालमा जागिर छाडेर के गर्ने ? उमेरमै केही गर्नुपर्छ’
‘बुढेसकालमा जागिर छाडेर के गर्ने ? मैले उमेरमै व्यवसाय सुरु गरे, पर्यटक आउँदा टन्नै कमाइ हुन्छ । नआउँदा यसरी सुख्खा बसिन्छ,’ जिरेलले ठट्यौली पारमा चाणक्य पोष्टसँग भने ।
१२ लाख लगानीमा सानो होटलबाट सुरु भएको उनको व्यवसाय अहिले जिरीकै स्तरीय होटलमा चिनिन्छ । अहिले होटल व्यवसायमा मात्रै उनको ५ करोड बढी लगानी पुगेको छ । व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट २ करोड ऋण समेत लिएको उनी बताउँछन् ।
उनका परिवारका सदस्यहरु समेत होटल व्यवसायमा उनलाई सघाइ रहेका छन् । उनका छोरा, बुहारी, श्रीमती सबै होटलमै उनलाई काम सघाउने गर्छन् ।