काठमाडौं। सन् २०२५को वसन्त ऋतुमा सुरु भइसकेको पर्वतारोहण सिजनलाई व्यवस्थित र मर्यादित बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले खुम्बु क्षेत्रमा अस्थायी फिल्ड कार्यालय स्थापना गरेको छ।
२०७२ वैशाख ४ गते बसेको पर्वतारोहण अनुगमन तथा सहजीकरण समिति (खुम्बु क्षेत्र)को निर्णय अनुसार उक्त क्षेत्रका सम्बन्धित निकायहरुको प्रतिनिधित्व रहने गरी फिल्ड कार्यालय स्थापना गरिएको हो।
कार्यालयमा खटाइएका प्रतिनिधिहरु मार्फत आरोहणसँग सम्बन्धित गुनासा, समस्या तथा आवश्यक सहयोगका लागि सेवा प्रदान गरिने विभागले जानकारी दिएको छ।
फिल्ड कार्यालयमा खटाइएका प्रतिनिधिहरुमा बमबहादुर विक (प्रतिनिधि, पर्यटन विभाग (सम्पर्क नं.: ९७४१६६९२४२), पासाङ भोटे (प्रतिनिधि, पर्यटन विभाग (सम्पर्क नं.: ९८४१८८३६५३), लाक्पा नुरु शेर्पा (प्रतिनिधि, खुम्बु पासाङ ल्हामु गाउँपालिका (सम्पर्क नं.: ९८५१४८८४८०) र छिरिङ तेन्जिङ्ग शेर्पा (प्रतिनिधि, सगरमाथा प्रदूषण नियन्त्रण समिति (सम्पर्क नं.: ९८५११४४८८४) रहेका छन्।
हिमाल आरोहणका क्रममा कुनै समस्या वा गुनासो परेमा अस्थायी फिल्ड कार्यालयमा रहेका प्रतिनिधिहरूसँग प्रत्यक्ष सम्पर्क गर्न वा विभागका निर्देशक हिमाल गौतम (सम्पर्क नं.: ९८५७०४५६०६) लाई जानकारी गराउन विभागले अनुरोध गरेको छ।