काठमाडाैं। आज (शनिबार) केही प्रदेशहरूमा अत्याधिक गर्मीकाे सम्भावना रहेकाे छ।
मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी रही अत्याधिक गर्मीको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
त्यस्तै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागहरूमा तातो लहरको सम्भावना समेत रहेकाे छ।
महाशाखाले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध गरेकाे छ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने , चर्को घाममा बाहिर ननिस्किने , हल्का लुगा (सुतीको कपडा) लगाउने,, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध छ।