काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रमा महिला उद्यमी ‘फिट’ हुने भएका छन्।
नेपाल पर्यटन बोर्डले शनिबार ललितपुरमा आयोजना गरेको ‘डिजिटल युगमा नेपाली पर्यटन उद्योगमा महिला’ विषयक कार्यक्रममा मन्त्री पाण्डेले सेवा भाव र करुणा भावको विशेषताको कारण पर्यटनमा महिला उद्यमी फिट हुने बताएका हुन्।
‘महिला उद्यमीहरु पर्यटनमा फिट हुन्छन् भन्ने सन्दर्भमा, सब्भन्दा बढी मलाई महिलाले चिन्छन्, मैले पनि महिलालाई चिन्दोरहेछु। मेरो श्रीमतिलाई सब्भन्दा बढी म चिन्दछु, मेरो श्रीमतिले सब्भन्दा बढी मलाई चिन्नुहुन्छ। त्यो कोणबाट हेर्दा यो पर्यटन क्षेत्रमा एकदमै फिट हुने महिला नै हो जस्तो लाग्छ’, मन्त्री पाण्डेले भने।
सम्बोधनको अंश:
महिला उद्यमीहरु पर्यटनमा फिट हुन्छन् भन्ने सन्दर्भमा, सब्भन्दा बढी मलाई महिलाले चिन्छन्, मैले पनि महिलालाई चिन्दोरहेछु। मेरो श्रीमतिलाई सब्भन्दा बढी म चिन्दछु, मेरो श्रीमतिले सब्भन्दा बढी मलाई चिन्नुहुन्छ। त्यो कोणबाट हेर्दा यो पर्यटन क्षेत्रमा एकदमै फिट हुने महिला नै हो जस्तो लाग्छ। किनकि थुप्रै विशेषता देख्छु, धैर्यता तुलनात्मक रुपमा बढी देख्छौं नै। बन्जीजम्पमा जाँदाखेरि प्रतिशतमा महिला सक्सेस देखिन्छन्। पूर्वतयारी गर्ने क्षमता पनि महिलामा हुने रहेछ। समपर्णको भाव, संकल्पको भाव करुणाको भाव, पर्यटन क्षेत्रमा यो करुणको भाव महत्वपूर्ण कुरा हो। अथवा सेवा सत्कारको भाव। नर्स पेसामा चाहिँ महिलाहरु हुने सायद सेवाको भावले होला। एयर होस्टेसमा महिला बढी राख्ने सायद सेवा सत्कारको कारणले होला। त्यसपछि सत्कारकोे कुरा। यो चाहिँ यहाँ महिलाहरु धेरै भएर भनेको होइन, मैले मेरो श्रीमतिलाई सबैभन्दा बढी चिन्ने अवसर पाएको हुनाले मैले उल्लाई हेरेर भनेको हुँ। त्यसैले स्वभाविक रुपमा पर्यटन क्षेत्रमा हस्पिटालिटीको क्षेत्रमा महिलाहरु बढी फिट हुन्छन्। त्यसैले पर्यटन क्षेत्रमा महिला उद्यमीशीलतालाई बढवा दिने के विकल्प छन्, के चुनौती छन् भन्ने कुराको छलफल गर्दै र समाधान खोज्दै अगाडि बढ्ने प्रमुख रणनीति बनाउनुपर्छ।