काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १००को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलको भाउ स्थिर रहेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम गरिएको छ। अघिल्लो दिन शुक्रबार पनि सोही मूल्यमा यसको कारोबार भएको थियो।
आज युरोपियन युरो एकको खरिदमूल्य १५५ रूपैयाँ ०३ पैसा र बिक्रीमूल्य १५५ रूपैयाँ ७१ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा यसको मूल्य १० पैसाले बढेको छ। यसअघि शुक्रबार एक युरोको खरिदमूल्य १५४ रूपैयाँ ९३ पैसा र बिक्री मूल्य १५५ रूपैयाँ ६१ पैसा तोकिएको थियो।
त्यस्तै बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८० रूपैयाँ ९६ पैसा र बिक्रीदर १८१ रूपैयाँ ७६ कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रूपैयाँ २७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ३८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८१ पैसा कायम गरिएको छ।
जापानी येन १० को खरिददर ९ रूपैयाँ ५८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ६२ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६२ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ३९ पैसा र बिक्री मूल्य ३७ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३३ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ४९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शनिबार ३० रूपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०२ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ५० पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३६३ रूपैयाँ २० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।