काठमाडौं। तीनकुने पुलदेखि दक्षिणतर्फ २ किलोमिटर क्षेत्रमा बागमती नदी किनारमा फैलिएको छ, मदन भण्डारी स्मृति पार्क। नेकपा (एमाले)का स्वर्गीय नेता मदन भण्डारीको सम्झनामा निर्मित पार्कमा दैनिक सयौं मानिस पुग्छन्।

वसन्त ऋतुको समयमा पार्कमा पालुवा र विभिन्न थरीका फूलहरु फक्रिएका छन्। पार्कमा चेरी, कपुर, समीर, निलकाँडा, श्रीष, धूपीसँगै चियाका बोटहरु रहेको मदन भण्डारी स्मृति बाटिकाकी उपाध्यक्ष सुमित्रा कडरिया खरेलले बताइन्।
तस्बिर: सुमित्रा कडरिया खरेल (उपाध्यक्ष,मदन भण्डारी स्मृति बाटिका)
पार्कमा विभिन्न थरीका फूल तथा बोटसँगै पार्कमा जिमखाना र चिल्डेनपार्क पनि छ।
मर्निङ वाक गर्न, जिम गर्न, बच्चा खेलाउन, एकान्तको आनन्द लिन, हरियालीमा समय बिताउन, फोटो/भिडियो खिच्न, नृत्य अभ्यास गर्न र डेटिङका लागि पार्कमा मानिसहरु पुग्छन्। त्यस्तै नदी किनारको पार्क आसपासमा सुविधायुक्त क्याफे, होटल, रेस्टुरेन्ट तथा बार पनि भएकोले प्रेमी–प्रेमिकाहरु समय बिताउन पुग्छन्।

अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको निर्माणमा बनेको पार्कको संरक्षण मदन भण्डारी स्मृति बाटिकाले गरेको छ। २०७३ मा निर्माण सुरु गरेर २०७६ मा खुला गरिएको पार्कमा अहिले पनि थप निर्माण तथा सुधारका कामहरु भइरहेका छन्।





















तस्बिर: कमल प्रभात