काठमाडौं। स्वस्थ आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुरको परोपकारी संस्था प्रकृतिप्रेमी समूहले आफ्ना सदस्यहरूलाई ‘रुबीभ्याली पदमार्ग’मा पदयात्रा गराएको छ। बहुमूल्य पत्थर (मणि) खानी भएको रुबीभ्यालीमा यही चैत २६ गतेदेखि ३० गतेसम्म ५ दिन पदयात्रा गराइएको हो।
रुबीभ्याली पदमार्गको ‘पाङसाङ् भन्ज्याङ’बाट गणेश, लाङटाङ र अन्नपूर्ण हिमशृृङ्खलाको मिठो दृश्य देखिन्छ। प्रकृतिप्रेमी पुग्दा भन्ज्याङ हिउँले ढपक्कै ढाकिएको थियो।
संस्थाकी सचिव एवम् हाइकिङविज्ञ राम देवी महर्जनको नेतृत्वमा २१ जनाले सफलतापूर्वक पदयात्रा गरेका छन्। यात्रामा ६७ वर्ष उमेरसम्मका पदयात्री थिए। उनीहरूलाई शाकाहारी भोजन खुवाएर पदयात्रा गराइयो।
‘हामीले आफ्नो मुलुकलाई चिन्न र’, हाइकिङविज्ञ महर्जनले भनिन्, ‘उचित आहार, विहार र विचारको व्यावहारिक अभ्यास गर्न पदयात्रा गरेका हौं। सबै पदयात्रीलाई मित्रहरूलाई बधाई !’
गतलाङमा प्रकृतिप्रेमी समूह
पदयात्रीहरूलाई रसुवा जिल्लाको गतलाङ गाउँबाट ब्ल्याक फरेस्ट भएर धादिङ जिल्लाको सोमदाङ गाउँ हुँदै पाङसाङ् भन्ज्याङ पु¥याएर लब्धुङ, सेर्तुङ हुँदै बोराङ गाउँसम्म हिँडाइएको थियो। उनीहरू काठमाडौंबाट गाडीमा गतलाङ पुगेका थिए भने बोराङबाट पनि गाडीमै फर्के।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लेखिएको निलो क्याप लगाएका पदयात्रीले ठाउँठाउँमा यही नारा घन्काएका थिए। स्मरणीय छ, यो संस्थाले प्राकृतिक स्वास्थ्यको पक्षमा पैरवी गर्दै आएको छ। यसले काठमाडौं उपत्यकामा महिनाको दुई पटक हाइकिङ आयोजना गर्दछ भने बेलाबेलामा बहुदिने पदयात्रा।
सेर्तुङ गाउँमा हाइकिङविज्ञ राम देवी महर्जन
गणेश हिमालको उज्यालोमा झलमल्ल साबिकका तिप्लिङ, सेर्तुङ र लापा गाविस मिलाएर ‘रुबीभ्याली गाउँपालिका’ बनाइएको छ। गाउँपालिकाको उचाइ १,५३० मिटरदेखि ४,३४० मिटरसम्म छ।
पदयात्राको क्लाइमेक्स विन्दु पाङसाङ् भन्ज्याङ (३,८५० मिटर) हो। यहाँबाट गणेश, लाङटाङ, मनास्लु र अन्नपूर्ण हिमशृङ्खलाका मिठो दृश्य देखिन्छ। प्रकृतिप्रेमीको पदयात्रामा भने हिउँ र पानी परेकाले भन्ज्याङमा पुग्दा हिमाल खुलेनन्। उनीहरूले हिउँ खेल्न भने पाए।
गतलाङ गेस्ट हाउस एन्ड होमस्टेका सञ्चालक फूर्पु सिङ्गी तामाङ र रितादेवी तामाङका साथमा हाइकिङविज्ञ रामदेवी महर्जन
गुराँसे जङ्गलका बिचमा हिँड्दा उनीहरू प्रफुल्ल बनेका थिए। पदयात्रामा हाइकिङविज्ञ महर्जनसहित तेजराम महर्जन, विनोद तिमिल्सिना, शिशिल चित्रकार, निवासचन्द्र श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ, रमेशप्रसाद सुवेदी, टेकबहादुर खरेल, शालीग्राम शर्मा पौडेल, न्हुच्छेमान महर्जन, शेरबहादुर महर्जन, चन्द्रकला गौतम, उषा थापा, डिल्लीराम बाँस्तोला, चन्द्रकुमार श्रेष्ठ, केदारकुमार के.सी,. वीना अवाले, नरेशमान तुलाधर, रामप्रसाद घिमिरे, लक्ष्मी घिमिरे र अमृत भादगाउँले सहभागी थिए।
गतलाङ गाउँ
रुबीभ्यालीमा तामाङ, गुरुङ, घले र दलित समुदायको बसोबास छ। गाउँगाउँमा प्राकृतिक तातोपानीका कुण्ड पनि छन्। साथै गणेश कुण्ड, कालो दह, सेतो दह पनि छन्। साथमा केही झरना पनि। जैविक विविधताका दृष्टिले रुबीभ्याली अनुपम गन्तव्य हो। यहाँका जङ्गलमा थरिथरिका जीवजन्तु र चराचुरुङ्गीको बसोबास छ। दुर्लभ वन्यजन्तु रेडपान्डा समेत पाइन्छ।
काठमाडौंबाट यात्रा गर्नेले रुबीभ्याली पदयात्रा गर्न ५ दिन छुट्टयाउनु पर्दछ। पदयात्रामा गतलाङ, सोमदाङ, लब्धुङ र बोराङ गाउँमा बास बस्नु पर्दछ।
प्रकृतिप्रेमीका थप तस्बिरहरू :


आमाछ्योदिङ्मो (पार्वती कुण्ड)

-1744538775.jpg)


-1744538896.jpg)

पाङसाङ् भन्ज्याङ

-1744538900.jpg)


लब्धुुङको तिप्लिङ होमस्टे सञ्चालक र सहयोगीका साथमा हाइकिङविज्ञ महर्जन









बोराङ गाउँस्थित लामा होटलका सञ्चालक

