काठमाडौं। नेपालमा आउने पर्यटकहरुको संख्यामा होइन, गुणस्तरमा जोड दिनुपर्छ। यस्तो विचार राख्छिन् पर्यटन व्यवसायी सरिता लामा। एभरेष्टपेडियासँगको अन्तरवार्तामा लामाले भनिन्, ‘हाम्रो देश पर्यटकहरुको डम्पिङ साइट बन्नु हुँदैन, बरु पर्यटकहरुको संख्या कम होस् ५ लाखै मात्र आउन तर गुणस्तरीय आउन।’
नेपाल विश्वको सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थल लगायत थुप्रै पर्यटकीय आकर्षणका केन्द्रहरू भएको मुलुक हो। यहाँका प्राकृतिक सम्पदा, जैविक, साँस्कृतिक विविधता, वास्तुकला र धार्मिक महत्त्वका स्थानहरूले नेपाललाई विश्वसामु एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा स्थापित गरेको छ।

१० वर्षभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा कार्यरत लामाले भनिन्, ‘नेपालमा वर्षेनी १० लाख भन्दा बढी पर्यटकहरू आउँछन्, तर प्रश्न संख्यामा मात्र होइन, उनीहरूले कति खर्च गर्छन् भन्नेमा छ।’ उनले थपिन्, ‘हाम्रा खुल्ला नाका र भारतसँगको विशेष सम्बन्धका कारण पनि धेरै भारतीयहरू नेपाल आउँछन्। तर, के तिनीहरू सबै पर्यटक नै हुन् त? उनीहरूले यहाँ कति समय र पैसा खर्च गर्छन्?’
नेपाल सरकारले पर्यटकहरूलाई आकर्षित गर्न विभिन्न कार्यक्रमहरू घोषणा गर्दै आइरहेको छ। तर लामाको तर्क अनुसार, संख्या भन्दा पनि गुणस्तरीय पर्यटकहरूले मात्र देशलाई वास्तविक फाइदा पुर्याउँछन्।
समग्र पर्यटन व्यवसायको सम्भावना र चुनौतीहरूका विषयमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोस्ः
सरिता लामासँग कुराकानीः