कीर्तिपुर। नेपाल ट्याटु सम्मेलन- २०२५मा सहभागी हुन आएका २० विभिन्न देशका ५३ अन्तर्राष्ट्रिय कलाकारहरू मंगलबार कीर्तिपुरको सम्पदा पदयात्रामा सहभागी भएका छन्।
कीर्तिपुर स्वयंसेवक समाज (केभिएस)को आयोजनामा सम्पन्न पदयात्रामा सहभागी कलाकारहरूले ऐतिहासिक सहर कीर्तिपुरका प्रमुख सम्पदाहरू (जसमा चिलान्चो स्तूप र बाघ भैरव मन्दिर समेत छन्)को अवलोकन गरेका थिए। कार्यक्रममा कीर्तिपुर सामुदायिक होमस्टेले सहभागी कलाकारहरूलाई स्वागत गरेको थियो।
-1744338287.jpeg)
समाजका अध्यक्ष सुधन सुवेदीका अनुसार पदयात्रा केवल दृश्य अवलोकनमा सीमित नभई सहभागीहरूलाई कीर्तिपुरको जीवित संस्कृति र स्थानीय जीवनशैलीसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सक्ने अवसर बन्यो। उनले सम्मेलन आयोजक र कलाकारहरूलाई धन्यवाद दिँदै भने, ‘यस्तो अन्तर्राष्ट्रिय सांस्कृतिक यात्राको पृष्ठभूमि बन्न पाएकोमा कीर्तिपुर गौरवान्वित छ।’
कीर्तिपुर गाइड एसोसिएसनको सहयोगमा सम्पन्न उक्त पदयात्रामा अमेरिका, बेलायत, जर्मनी, अस्ट्रिया, अष्ट्रेलिया, भारत, सिंगापुर, इटाली, इन्डोनेसिया, कम्बोडिया, फ्रान्स, कोस्टारिका, स्पेन, चीन, टर्की, हङकङ, युक्रेन, अर्जेन्टिना, क्यानडा र नेपालका कलाकारहरूको सहभागिता रहेको थियो।
-1744338284.jpeg)
नेपाल ट्याटु सम्मेलन- २०२५ ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा अप्रिल ११ देखि १३सम्म आयोजना हुँदैछ। नेपाल पर्यटन बोर्डले सम्मेलनलाई कला, संस्कृति र पर्यटनको समन्वयमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्ने अवसरका रूपमा प्रवर्द्धन गरिरहेको छ।
-1744338284.jpeg)
-1744338282.jpeg)
-1744338282.jpeg)
-1744338280.jpeg)
-1744338280.jpeg)