काठमाडाैं। नेपाली हिमाल आरोहण इतिहासमा अर्को महत्वपूर्ण कीर्तिमान स्थापित भएको छ।
‘एक्स्ट्रीम क्लाइम्बर्स फास्टको शार्पु- ४ (आइभी) (६,४३३ मि.) पहिलो आरोहण अभियान’अन्तर्गत चिलीका पर्वतारोही हर्नान डेविड लिल बार्रिएन्तोस र नेपाली शेर्पा टोलीले सफलतापूर्वक शिखरको पहिलो आरोहण सम्पन्न गरेका हुन्।

२५ मार्च २०२५का दिन अपराह्न ३:०० बजे टोलीले कञ्चनजङ्घा क्षेत्रमा अवस्थित यस दुर्गम हिमालको शिखरमा पाइला टेकेको थियो। अप्रत्याशित हिउँपहिरो, कठोर हिमाली मौसम र प्रविधिगत रूपमा जटिल मार्गहरू पार गर्दै उनीहरूले यो ऐतिहासिक सफलताको झण्डा फहराएका छन्।
आरोहण टोलीमा हर्नान डेविड लिल बार्रिएन्तोस (चिली), ल्हाक्पा छिरी शेर्पा (सोलुखुम्बु, नेपाल), ङादा शेर्पा (ताप्लेजुङ, नेपाल) र पूर्णिमा श्रेष्ठ (गोरखा, नेपाल) रहेकाे थिए।

हर्नान यो ऐतिहासिक आरोहण असाधारण उपलब्धि भएका छन्। ‘यो एउटा असाधारण उपलब्धि हो,’ हर्नानले भने। ‘शार्पु- ४ एउटा मिनी अन्नपूर्णाजस्तै लाग्यो, अत्यन्तै जोखिमपूर्ण तर त्यत्तिकै रोमाञ्चक।’
Photo: Xtreme Climbers Treks & Expeditions