काठमाडौं। नेपालमा प्राकृतिक स्वास्थ्यका पक्षमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको ललितपुरको ‘प्रकृतिप्रेमी समूह’ले आफ्ना सदस्यहरूलाई काभ्रेपलाञ्चोकको एकीकरण पदमार्गमा हाइकिङ गराएको छ। संस्थाकी सचिव एवम् हाइकिङविज्ञ राम देवी महर्जनको नेतृत्वमा चैत ९ गते शनिबार हाइकिङ गराइएको हो।
उनीहरूलाई सातदोबाटोस्थित संस्थाको कार्यालय निरोगधामबाट सूर्यविनायक, बनेपा हुँदै पनौतीसम्म गाडीमा पु¥याइयो। अनि पनौती बसपार्कबाट पदयात्रा शुभारम्भ गरियो। उनीहरूलाई पनौतीमा रहेका मठमन्दिर इन्द्रेश्वर महादेव, उन्मक्त भैरव, त्रिवेणीघाट आदिमा घुमाइयो।
देवीथानमा राजा पृथ्वीनारायण शाहकाे प्रतिमा
त्यसैगरि पनौती सङ्ग्रहालय पनि अवलोकन गराइयो। पनौती नगरपालिका मातहत रहेको सङ्ग्रहालयमा पनौती क्षेत्रका ऐतिहासिक, पुरातात्विक एवम् सांस्कृतिक महत्वका अमूल्य सामान सङ्ग्रह गरिएको छ। साथै नेवार जीवनशैली झल्कने सामग्री पनि सजाइएको छ।
इन्द्रेश्वर महादेव मन्दिर
सङ्ग्रहालय अवलोकन गर्नुअघि सबैलाई हाइकिङविज्ञ महर्जनले हाइकिङ रुट र पदयात्राका नियमबारे जानकारी गराएकी थिइन्। सांस्कृतिक नगरी पनौतीको भ्रमणपछि उत्साहित पदयात्रीलाई गोरखनाथ हुँदै शारदाकोटमा पु¥याइयो।
हाइकिङविज्ञ राम देवी महर्जन
शारदाकोटमा देवीको दर्शनपछि ऐतिहासिक गढी घुमाइयो। सल्लाघारीबीचका गढी अवलोकनबाट इतिहासको सम्झना भयो। स्मरणीय छ, नेपाल एकीकरणका बेला राजा पृथ्वीनारायण शाहले यहाँ गढी बनाएर वरपरका गाउँघरमा आक्रमण गरेका थिए। यस क्षेत्रमा ४ ओटा गढी छन्। तिनको भग्नावशेष देखिन्छ।
गढी क्षेत्रबाट बनेपा बजार र धुलिखेलको सुन्दर दृश्य देखिन्छ। मौसम खुलेका बेला हिमालयको दशर्न समेत पाइन्छ। जङ्गलको बाटोमा पदयात्रा गर्नु पर्दछ । पदमार्ग छेवैमा लालीगुराँस फूलेर राताम्मे भएको छ।
पनाैती सङ्ग्रहालय
गढी घुमेर उनीहरूलाई शारदा वतासेमा पु¥याइयो, जहाँ खाना व्यवस्था गरिएको थियो। पिपलबोट सँगै स्थानीय युवा समुन्द्र कार्कीको पसलमा खानाको व्यवस्था मिलाइएको थियो। उनको परिवारले बनाएको लोकल चामलको भात, साग, दाल, मिक्स तरकारी र सलाद खुवाइयो।
संस्थाको हाइकिङमा यसैगरि स्वास्थ्यवद्र्धक खाना खुवाइन्छ। समूहमा जंकफुड, फास्टफुड र मदिरा निषेध छ। खानापछि हाइकिङविज्ञ मर्हजनले पदयात्रीमाझ अन्तरक्रिया गराइन्।
‘हामीले आफ्नो स्वास्थ्य आफ्नै हातमा लिनु पर्दछ’, उनले भनिन्, ‘निरोग आनन्दित रहने मुल मन्त्र हो, उचित आहार, विहार र विचार।’

अन्तरक्रियापछि उनीहरू स्वास्थ्यवद्र्धक गीतमा नाचगान गरे। अनि त्यहाँबाट बतासे, क्यान्सर अस्पताल, वीर वलभद्र कुँवर पार्क, देवीथान, हुँदै हजार सिँढीबाट धुलिखेलसम्म पदयात्रा गराइयो। धुलिखेलबाट उनीहरू गाडीमा फर्के।
शारदाकाेट
पदमार्गका ठाउँठाउँमा पदयात्रीले एउटै नारा घन्काएको थिए, ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा।’
यसरी संस्थाले हाइकिङका साथै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। उसले हरेक व्यक्ति र समूहलाई प्रकृतिमैत्री जीवनशैली अपनाएर निरोग आनन्दित भएर बाँच्न सिकाउँछ।
यो संस्थाले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। यही चैतको चौंथो शनिबार फेरि फरक ठाउँमा हाइकिङ हुनेछ।
कसरी पुग्ने: काठमाडौं–पनौती ३२ किलोमिटर, गाडीमा डेढ घण्टा । पनौतीबाट पदयात्रा सुरु गर्ने । पनौती–गोरखनाथ–शारदाकोट ६ किलोमिटर । शारदाकोट–देवीथान–धुलिखेल ६ किलोमिटर ।
जम्मा पदयात्रा दुरी: करिब १२ किलोमिटर ।
समय: ५ घण्टा ।


आउनुस् है !
समुन्द्र कार्की
खाजाघर सञ्चालक, शारदा वतासे
हाम्रो गाउँघरमा स्वच्छ हावापानी पाइन्छ। घुमफिरका लागि निकै राम्रो छ। हाइकिङ वा गाडीमा आउँदा पहिल्यै खबर गर्नु भयो भने हामी बेलैमा खाना बनाएर खुवाउँछौं। तपाईं पनि आउनुस् है !
सम्पर्क: ९८६०४३१०६१







गाेरखनाथ मन्दिर

शारदाकाेटबाट देखिएकाे बनेपा क्षेत्र











बलभद्र कुँवरकाे प्रतिमा
देवीथान
धुलिखेलकाे श्वेत भैरव
