भक्तपुर। मेटाइभीले आफ्ना ग्राहकसँग अन्तरक्रिया गरेको छ।
शनिबार कौशलटारस्थित पान्डा चाइनिज रेस्टुरेन्टमा ‘कस्टुमर मिट एन्ड ग्रिड’ कार्यक्रम आयोजना गरी मेटाइभीका ग्राहकहरुसँग अन्तरक्रिया गरेको हो।

कार्यक्रममा करिब ५० जना मानिस सहभागी थिए। उनीहरुमध्ये अधिकांशले ‘टेस्ट राइड’ (परिक्षण) गरेर प्रक्रिया दिएका थिए। उनीहरुले मेटाइभी स्कुटरहरुको पावर ज्यादा भएकोले उकालोमा पनि चलाउन सहज भएको तथा डिजाइन, फिचर र ब्याट्री पावरलगायत कुराहरु राम्रो रहेको प्रतिक्रिया दिए।
कार्यक्रममा सुरुवातदेखि नै मेटाइभी चलाइरहेका केही ग्राहकलले अनुवभ सुनाएका थिए। सुबोध राउतले मेटाइभी इट्याङ्कसँग जोडिन पाउँदा खुसी लागेको बताए। ‘काठमाडौंको उकालो–ओरालो र ट्राफिक जाममा यसको एकदम राम्रो प्रफमेन्स छ’, उनले भने।

१० भन्दा बढी इलेक्ट्रिक स्कुटर चेक गरेपछि मेटाइभी खरिद गरेका प्रविन थापाले भने, ‘सबैभन्दा बेस्ट पावरमा लाग्यो। अर्काे भनेको वारेन्टीमा लाग्यो, जम्मै ठाउँमा बुझ्दा ब्याट्रीमा एक वर्ष र मोटरमा दुई वर्षको वारेन्टी दिएको थियो। यो मेटा इभीमा मलाई पाँच वर्षको वारेन्टी दिँदाखेरि म अकर्षित भएको हो।’
ग्राहकको प्रतिक्रिया लिनुअघि सञ्चालक क्षेत्र बस्नेतलले मेटाइभीबारे जानकारी गराएका थिए। काठमाडौंमा प्रदूषण बढ्दै गइरहेको महसुस गरेर इलेक्ट्रिक सवारी उत्पादनका लागेको उनको भनाइ छ। ‘मेटाइभीको एउटै मात्रै लक्ष्य, नेपाललाई ब्याक टू नेचरमा फर्काउने हो,’ बस्नेतले भने।
कार्यक्रममा बागमती प्रदेशका पूर्वउद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीबाट सरेश नेपालले इलेक्ट्रिक सवारी साधन चढ्नु पर्नेमा जोड दिए। मेटा इभीको छनोट भविष्यका लागि उपयुक्त हुने उनको भनाइ थियो।

के हो मेटाइभी?
मेटाइभी दुईपाङ्ग्रे गाडी उत्पादन गर्ने नेपाली कम्पनी हो। यो कम्पानी काठमाडौं उपत्यकामा प्रदूषण नियन्त्रण गर्ने लक्ष्यसहित वि.सं. २०८० मा स्थापना भएको हो। यसले अहिलेसम्म चार वटा मोडल सार्वजनिक (लञ्च) गरेका छ, जसमा इ–ट्यांक, एमथ्री, मेरो र यात्री हो। यसको मुख्यालय भक्तपुरको कौशलटार (एनआइसी एसिया बैंकसँगै) रहेको छ। भने, सल्लाघारी, बालकुमारी, जमलमा शोरुम रहेका छन्।

विशेषगरी चीनबाट पार्टपुर्जा ल्याएर नेपालमा निर्माण गरिएको यस ब्रान्डलाई ‘मेड फर नेपाल’ भन्ने गरिएको छ। मेड इन नेपाल नै भएपनि मेड इन नेपाल नभनेर मेड फर नेपाल भन्ने गरिएको बस्नेतले बताए। यो यात्रीपछिको नेपालको दोस्रो दुईपाङ्ग्रे सवारी उत्पादन गर्ने कम्पनी भएको उनको दाबी छ।
यसलाई नेपालको आवश्यकता र नेपालीपनमा विकास गरिएको छ। जस्तैः पावर, ब्याट्री सिस्टम, मूल्य आदि।
भिडियाे:
