काठमाडाैं। कविता लेख्नु आफैं जीवन र समाजसँग संवाद गर्नु पनि हो। स्वाभाविक रूपमा त्यस्तो संवादमा जीवन र समाजलाई अझ सुन्दर एवम् परिष्कृत गर्ने कल्पना अन्तर्निहित हुन्छ। त्यसैले त कविलाई समाजको चेतना मानिन्छ। परिवर्तनको संवाहक मानिन्छ। त्यही भएर विश्वप्रसिद्ध लेखक पि.बि. शेलीले कविहरूलाई संसारको अघोषित विधायक मानेका थिए।
समाज रूपान्तरणका लागि कलम चलाउने सबै परिवर्तनकामी लेखकहरू प्रगतिशील हुन्छन्। उनीहरू नागरिकका जीवन भोगाइ, सङ्घर्ष, सपना र चाहनालाई केन्द्रबिन्दुमा राखेर लेख्छन्। आफ्ना सिर्जनामा मालिकको प्रशस्तिगान होइन, मजदुर हकअधिकारका कुरा गर्छन्। शासकको होइन, शासितको पक्षमा वकालत गर्छन्। सधैं न्याय, समानता, स्वतन्त्रता र मानवअधिकारका पक्षमा पैरबी गर्छन्।
कवि लेखकहरू कुनै किसिमको निरङ्कुशता स्वीकार गर्दैनन्। निरङ्कुश शासकहरूका विरुद्ध चेतनाको मसाल बोकेर आन्दोलनमा होमिन्छन्। नेपालको प्रजातान्त्रिक आन्दोलहरूमा पनि साहित्यकारले महत्त्वपूर्ण योगदान पु¥याउँदै आएका छन्।
आज मार्च २१ अर्थात् ‘विश्व कविता दिवस’का अवसरमा एभरेस्ट पेडियाले नागरिक अधिकार, स्वतन्त्रता र न्यायका पक्षमा कलम चलाउँदै आएका १५ जना स्रष्टाको कविता प्रस्तुत गरेको छ।
अभय श्रेष्ठ
भक्तपुरको गुण्डुमा जन्मेहुर्केका अभय श्रेष्ठ कथा, कविता, गजल, निबन्ध, र समाचार लेख्छन्। उनी तीन दशकभन्दा लामो समयदेखि साहित्य साधनामा संलग्न छन्। उनका दुई ओटा कवितासङ्ग्रह ‘कायाकल्प’ तथा ‘लहना र तिर’ प्रकाशित छन्। एउटा कथासङ्ग्रह ‘तेस्रो किनारा’ पनि प्रकाशित छ। अर्को कथासङ्ग्रह प्रकाशनको तयारीमा जुटेका छन्। हाल उनी गोरखापत्र संस्थानको अङ्ग्रेजी दैनिक पत्रिका ‘दि राइजिङ नेपाल’मा कार्यरत छन्।
केशव सिग्देल
बर्दिया जिल्लाको मैनापोखरमा जन्मेहुर्केका केशव सिग्देल कवि, समालोचक, निबन्धकार, अनुवादक र मानवअधिकार अभियन्ता हुन्। उनका तीन ओटा कविताकृति प्रकाशित छन्, ‘कृतिसमय विघटन’, ‘सिक्स स्ट्रिङ्स’, र ‘कलर अफ दि सन’। उनी दक्षिण अमेरिकाबाट प्रकाशित हुने अन्तराष्ट्रिय साहित्यिक पत्रिका ‘पोयेट्री प्लानेटरियट’का सम्पादक हुन्। हाल उनी त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी विषय पढाउँछन्।
ठाकुर बेल्बासे
अर्घाखाँचीको ढाकाबाङ गाउँमा जन्मेहुर्केका ठाकुर बेल्बासे कवि तथा पत्रकार हुन्। वि.सं. २०४८ देखि लेखन शुभारम्भ गरेका उनी राष्ट्रिय कविता महोत्स २०६९ मा प्रथम भएका थिए। एउटा संयुक्तसहित उनका चार ओटा कविताकृति प्रकाशित छन्। वि.सं. २०५३ सालदेखि पत्रकारितामा संलग्न उनी एभीन्युज टेलिभिजनमा आबद्ध छन्। साथै गिद्दे प्रेस युट्युब च्यानल पनि चलाउँछन्।
प्रगति राई
खोटाङको साकेला गाउँपालिका वडा नं. ४, मबु गाउँमा जन्मेहुर्केकी प्रगति राई कवि तथा आख्यानकार हुन्। वि.सं. २०५७ सालदेखि साहित्यमा होमिएकी उनी कविता, निबन्ध, उपन्यास र गीत लेख्छिन्। उनको कवितासङ्ग्रह ‘वादी विज्ञप्ति’ प्रकाशित छ। त्यसैगरी तीन ओटा उपन्यास ‘लेखककी स्वास्नी’, ‘बिर्सिएको मृत्यु’ र ‘थाँग्रा’ प्रकाशित छन्। अहिले आदिवासी महिलाका कविता सम्पादनमा व्यस्त छिन्। उनी छोरीलाई वंशअधिकार मूलबाटो प्रतिष्ठानकी संयोजक पनि हुन्।
भोजराज न्यौपाने
दोलखाको चरिकोटमा जन्मेहुर्केका भोजराज न्यौपाने कविता, निबन्ध र संस्मरण लेख्छन्। उनी पत्रकारितामा पनि स्थापित छन्। तीन दशकभन्दा लामो समयदेखि साहित्य सिर्जनामा लागेका उनी सरल शब्दमा प्रभावशाली कविता लेख्छन्। उनका ‘छुटेको जुत्ता’ र ‘आकाशमाथिका देवता’लगायत कृति प्रकाशित छन् भने एउटा कवितासङ्ग्रह प्रकाशनको तयारीमा छ।
मनोज न्यौपाने
भोजपुरको गोगने गाउँमा जन्मेहुर्केका मनोज न्यौपाने कविता, कथा र गजल लेख्छन्। चालिसको दशकदेखि साहित्य साधनामा सव्रिmय छन्। उनी ‘विलयन लेखन’ अभियानका प्रवर्तक पनि हुन्। उनका कवितासङ्ग्रह ‘आगोमा उम्रिएको दुबो’ र गजलसङ्ग्रह ‘अन्तिम’ प्रकाशित छन्। त्यस्तै कृसु क्षेत्री, चेतनाथ धमला र उनको संयुक्त कृति ‘आगोको मूच्र्छना’ र ‘रगतको दरबार’ पनि प्रकाशित छन्। उनी ‘अभिवर’ उपन्यास प्रकाशनको तयारीमा छन्। त्यस्तै लामो कविताकृति ‘प्रकृति’ पनि लेखिरहेका छन्।
मित्रलाल पंज्ञानी
स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका वडा नं. १०, इसानमा जन्मेहुर्केका मित्रलाल पंज्ञानी तीसको दशकदेखि साहित्य सिर्जनामा सव्रिmय छन्। उनी कविता, निबन्ध, समालोचना र कथा लेख्छन्। उनका महाकाव्य, खण्डकाव्य, कवितासङ्ग्रह, बाल उपन्यास, बाल कविता र निबन्ध सङ्ग्रह गरी १८ ओटा पुस्तक प्रकाशित छन्। चाँडै समालोचना र निबन्धका कृति छापिँदै छन्। उनले साहित्य सन्ध्या, प्रतिभा प्रवाह, इच्छुक सांस्कृतिक प्रतिष्ठान र साहित्य सदनलगायत संस्थाको नेतृत्व सम्हालिसकेका छन्।
लक्ष्मी माली
काठमाडौंकाे न्यूराेडस्थित टेवहालमा जन्मेहुर्केकी लक्ष्मी माली तीसको दशकदेखि साहित्य साधनामा सव्रिmय छिन्। उनी प्रभावशाली कविता लेख्छिन्। उनी नेपाल प्रज्ञा प्रतिष्ठानकी पूर्व प्राज्ञ परिषद् सदस्य हन्। उनका चार ओटा कवितासङ्ग्रह प्रकाशित छन्, ‘आगोको याम’, ‘आरुका फूलहरू’, ‘तोरी फूलाएको खेत’, र ‘आमा तिम्रो नाम के हो ?’। आगोको यामको अङ्गे्रजी अनुवाद ‘सिजन अफ फायर’ पनि प्रकाशित छ। लामो समय शिक्षण पेसामा बिताएकी उनले पाठ्यपुस्तकको सहलेखन पनि गरेकी छिन्।
विमल भौकाजी
रामेछापको साँघुटारमा जन्मेहुर्केका विमल भौकाजी कवि, निबन्धकार र सम्पादक हुन्। उनी चालिसको दशकदेखि साहित्य सिर्जनामा सव्रिmय छन्। उनका चार ओटा व्यग्य निबन्ध सङ्ग्रह ‘जसको जोत उसको पोत’, ‘श्रीपेच नलगाएका राजा’, ‘द्रौपदी देश’, र ‘आऊ हल्ला गरौं’ प्रकाशित छन् भने एउटा बालकथासङ्ग्रह ‘असिना भूत’। उनका तीन ओटा संयुक्त कृति छन्, ‘जिन्दाबाद मुर्दाबाद’ र ‘तीन आँखाका नानी’ कवितासङ्ग्रह र एउटा साहित्यसङ्ग्रह ‘यात्रापछि यात्रा’। यात्रापछि यात्रामा उनका लघुकथा समेटिएका छन्।
अचेल उनी लेखनमा भन्दा पनि सम्पादनमा व्यस्त छन्। उनले अढाई सयभन्दा बढी पुस्तक सम्पादन गरिसके। त्यस्तै वि.सं. २०६३ सालदेखि शारदा मासिक साहित्यिक पत्रिका पुनर्प्रकाशन गरेर सम्पादकीय भूमिका निर्वाह गर्दै आएका छन्।
विष्णुविभु घिमिरे
विष्णुविभु घिमिरे वरिष्ठ साहित्यकार एवम् संस्कृतिविद् हुन्। इलामको बरबोटेमा जन्मेहुर्केका उनी वि.सं. २०२९ सालदेखि साहित्य साधनामा समर्पित छन्। विशेषतः कविता, कथा, निबन्ध र संस्मरण लेख्छन्। उनका तीन ओटा कवितासङ्ग्रह ‘कठघरामा उभिएर’, ‘काँडाकाँडामा टेकेर’ र ‘हुरीको इन्द्रेणी उक्लेर’ प्रकाशित छन्। उनले टेलिचलचित्रहरू ‘जनैको साँचो’ र ‘सहयात्रा’ स्व्रिmप्ट पनि लेखेका छन्। उनले राजवंशी जातिको संस्कृतिमाथि पिएचडी गरेका हुन्। उनी नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति, साझा प्रकाशन र नेपाली लेखक सङ्घका पूर्व अध्यक्ष हुन्।
श्रीबाबु कार्की
दोलखाको तामाकोसी गाउँपालिका वडा नं. २ झुलेमा जन्मेहुर्केका श्रीबाबु कार्की कवि तथा निबन्धकार हुन्। पचासको दशकदेखि साहित्यमा सव्रिmय कार्कीका दुई ओटा कवितासङ्ग्रह, एउटा कथासङ्ग्रह र पाँच ओटा बालकथा सङ्ग्रह र एउटा निबन्धसङ्ग्रह प्रकाशित छन्। उनी नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित हुने ’कविता’ पत्रिकाको सम्पादक रहिसकेका छन्। उनको निबन्धसङ्ग्रह ‘सन्दिग्ध शताब्दी’लाई अन्तर्राष्ट्रिय साहित्य समाजले एक हजार डलरसहित सर्वोत्कृष्ट निबन्ध पुरस्कार प्रदान गरेको छ।
सकुन्तला जोशी
पाँचथरको मौवा गाउँमा जन्मेहुर्केकी सकुन्तला जोशी ६० को दशकदेखि साहित्य साधनामा सव्रिmय छिन्। उनी कविता, कथा, निबन्ध र समाचार लेख्छिन्। उनको एउटा कविताकृति ‘आदिम सिमाना’ प्रकाशित छ। एउटा उपन्यास लेखिरहेकी छिन्। उनी jindagani.com की सम्पादक हुन्।
सुमन थापा ‘सङ्गम’
नेपालगन्जमा जन्मेहुर्केकी सुमन थापा ‘सङ्गम’ आफ्नी आमाको साहित्यप्रति रुचिबाट प्रभावित भएर बाल्यकालदेखि नै साहित्यकर्ममा लागेकी हुन्। कविता, गीत, निबन्ध र नियात्रा उनका प्रमुख विधा। उनको कविताकृति ‘माइतीघरको फूल’ प्रकाशित छ भने एउटा कवितासङ्ग्रह प्रकाशनको तयारीमा छ। उनी विशेषगरी सामाजिक घटनामा आधारित भएर चोटिला सिर्जना गर्छिन्।
सिर्जना अर्याल
धादिङको सिद्धलेक गाउँपालिका वडा नं. १, बैरेनी गाउँमा जन्मेहुर्केकी सिर्जना अर्याल छन्दमा कविता लेख्छिन्। उनी वि.सं. २०७० सालदेखि निरन्तर लेखनमा सव्रिmय छिन्। उनका दुई ओटा कविताकृति ‘सुनको पिँजडा’ र ‘बोध अन्तरबोध’ र एउटा नाट्य कृति ‘मुर्दाघर’ प्रकाशित छन्। उनले लेखेका केही आधुनिक गीत रेकर्ड भइसकेका छन्। उनी नाटक र उपन्यास प्रकाशनको तयारीमा छिन्।
स्नेह सायमि
काठमाडौंको रविभवनमा जन्मेहुर्केका स्नेह सायमि प्रखर कवि र कुशल व्यवस्थापक हुन्। उनी तीसको दशकदेखि साहित्य साधनामा व्रिmयाशील छन्। व्यवस्थापन, साहित्य, सङ्गीत र नाटकका विषयमा पत्रपत्रिकामा बरोबर लेखिरहन्छन्। उनका कवितासङ्ग्रह ‘चौतारो बोल्यो’, ‘पुल र पर्खालहरू’, र ‘चस्मा र आँखाको वार्ता’ प्रकाशित छन्। त्यस्तै नेपाल भाषामा एउटा लघुकथा सङ्ग्रह ‘स्नेह साय्मिया चिबाखं’ प्रकाशित छ। उनको आत्मालाप सङ्ग्रह ‘जीवनको रङ्ग’, लघुकथासङ्ग्रह ‘सम्बन्ध’, कवितासङ्ग्रह ‘समय’ प्रकाशनको तयारीमा छन्। त्यस्तै ‘पुल र पर्खालहरू’ कवितासङ्ग्रह नेपाल भाषा र तामाङ भाषामा अनुवाद भइसकेको छ। उनी ‘श्रमजीवी त्रैमासिक’का सम्पादक पनि हुन्।