महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले नयाँ चिनारी बनाएको छ, बाघ हेर्ने गन्तव्य। पाटे बाघको संख्या बढेसँगै हिउँदमा यहाँका फाँटा र तालमा बाघ देखिन थालेका हुन्। हाल शुक्लाफाँटामा ४४ वटा बाघ छन्।
नेचर गाइड एसोसियसन, शुक्लाफाँटाका अध्यक्ष खेम भण्डारीका अनुसार अचेल जंगल सफारीमा निस्केका पर्यटकले दिनदिनै जस्तो बाघ देख्न थालेका छन्। फागुनदेखि जेठसम्म शुक्लाफाँटा घुम्नु बेस हुन्छ।
‘बाह्सिंगाको झुण्डका लागि प्रख्यात शुक्लाफाँटाले बाघ हेर्ने गन्तव्यका रुपमा नयाँ चिनारी बनाएको छ’, अध्यक्ष भण्डारी भन्छन्, ‘जिप सफारी र जङ्गल वाकमा बाघसहित गैंडा र जङ्गली हात्ती पनि देख्न सकिन्छ।’
पंछी तालमा बाघ
निकुञ्ज ३०५ वर्ग किलोमिटरमा फैलिएको छ। यहाँ २३ सय भन्दा बढीको संख्यामा बाह्रसिंगा छन्। ती सयौंको संख्यामा झुण्ड झुण्ड बनाएर हिँड्छन्। विशेषतः बिहान र अपरान्ह जनाबर राम्रो देखिन्छ।
शुक्लाफाँटा घुम्नेहरूका लागि निकुञ्जको प्रवेशद्वार नजिकै शुक्लाफाँटा जङ्गल कटेज र राना थारु सामुदायिक होमस्टे सञ्चालनमा छन्। त्यसबाहेक ५ किलोमिटर दुरीको महेन्द्रनगर बजारमा होटलको दुःख छैन।
हामी घुमाउँछौं
खेम भण्डारी
अध्यक्ष, नेचर गाइड एसोसियसन
नेचर गाइडको सहयोगमा मात्र निकुञ्ज घुम्नु पर्दछ। निकुञ्ज प्रवेश गर्दा गाढा रंगीन कपडा होइन, हल्का रंग भएका सजिला कपडा लगाउनु पर्दछ। हरियो रंगको कपडा लगाउनु राम्रो। संयमित भएर ध्यानपूर्वक घुम्नु पर्दछ। होहल्ला गर्नु हुँदैन।
सम्पर्कः ९८४५७०९९२५

नेचर गाइड एसोसियसनका अध्यक्ष खेम भण्डारी र बेदकाेट नगरपालिकाका निवर्तमान मेयर अशाेक चन्द ।