काठमाडाैं। उमङ्ग, मेलमिलाप र रङको पर्व फागुपूर्णिमा अर्थात् होली उल्लासका साथ मनाइँदैछ। पूर्णिमाको दिन पहाडमा तथा पूर्णिमाको भोलिपल्ट तराईमा होली मनाइने गरिन्छ। यस वर्षको होली पर्वको अवसर एभरेष्टपेडिया डटकमले वरिष्ठ साहित्यकार गोपाल अश्क, कवि तथा पत्रकार अमरेन्द्र यादव, कवि तथा लेखक सुशीलचन्द्र कल्याण, लेखक तथा पत्रकार कञ्चना झा र कवि तथा लेखक जितेन्द्र मण्डलका कविताहरुलाई समावेश गरेको छ। कविताहरु मैथिली, भोजपुरी र नेपाली भाषामा छन्।
गोपाल अश्क
गोपाल अश्क वरिष्ठ साहित्यकार हुन्। पर्साको भेडिहारी गाउँमा जन्मेका अश्क वीरगञ्जमा हुर्के। सानैदेखि साहित्य सिर्जनामा लागेका उनी भाषाविद, कवि, कथाकार, अनुवादक र समालोचक हुन्। उनले ५० भन्दा बढी पुस्तक लेखेका छन्। हाल उनी भाषा आयोगमा सदस्य छन्।
अमरेन्द्र यादव
अमरेन्द्र यादव १९ वर्षदेखि पत्रकारितामा संलग्न छन्। उनले मैथिली भाषाबाट पत्रकारिता सुरु गरेका उनी नेपाली र अङ्ग्रेजी भाषामा पत्रकारिता गर्छन्। हाल उनी राइजिङ नेपाल अङ्ग्रेजी दैनिकमा डेस्क एडिटरका रुपमा कार्यरत छन्। उनले जनकपुरमा कलेज पढ्दादेखि कविता लेख्न थालेका हुन्। उनको एउटा कविता सङ्ग्रह ‘स्त्री आ आगि’ प्रकाशित छ। उनले बहुभाषिक काव्य सङ्ग्रह ‘भवप्रीता’ सम्पादन गरेका छन्। उनको जन्मथलो सप्तरी जिल्लाको राजविराज नगरपालिकाको दिघवा गाउँ हो।
सुशीलचन्द्र कल्याण
पुर्ख्याैली सप्तरी जिल्लाको छिन्नमस्ता भएका सुशीलचन्द्र कल्याण काठमाडौंमा जन्मेहुर्केका हुन्। उनी कविता र गीत लेख्छन्। साथै गीत गाउँछन् पनि। उनले युट्युव च्यानल sushilchandra (लेखक) चलाउँदै आएका छन्। उनी मैथिली भाषाको कथा सङ्ग्रह प्रकाशनको तयारीमा छन्।
कञ्चना झा
मधुवनी, विहारमा जन्मेहुर्केकी कञ्चना झाको स्थायी ठेगाना सप्तरीको राजविराज हो। उनी हिमालिनी हिन्दी मासिक पत्रिकाको himalini.com को कार्यकारी सम्पादक हुन्। उनी ‘रेडियो मिथिला’सँग आबद्ध छिन्। उनी कथा, कविता र गीत लेख्छिन्। उनी मैथिली भाषाको कथा सङ्ग्रह प्रकाशनको तयारीमा छिन्।
जितेन्द्र मण्डल
सिरहा जिल्लाको लहान नगरपालिकामा जन्मेहुर्केका जितेन्द्र मण्डल नेपाली र अङ्ग्रेजी भाषामा कथा, कविता र लेख लेख्छन्। हाल उनी ख्वप कलेज भक्तपुरमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छन्।