पाेखरा। विश्वरत्न शाक्य बहुआयामिक व्यक्तित्व हुन्। उनी हाँस्यव्यङ्ग्य साहित्य, कलाकारिता, फोटोग्राफी, समाजसेवा र अध्यात्ममा स्थापित छन्। कुनै लोभलालच नभएका र लप्पनछप्पन नजान्ने खरो स्वाभावका। कुनै गुटउपगुटमा संलग्न छैनन्, त्यसैले उनी हुलमुलमा भेटिँदैनन्। होहल्लामा विश्वास पनि गर्दैनन्। एक्लै साधनामा मग्न छन्।
उनी समयको सदुपयोग गर्छन्। पोखरामा एउटा भनाइ प्रख्यात छ, ‘विश्व शाक्य टाइम’। उनी हरेक काम निर्धारित समयमै पूरा गर्नुपर्छ भन्ने अभियानका अभियन्ता हुन्। समयमै सबै काम गर्छन्। आफैंले कुनै कार्यक्रम गर्दा निम्तालुलाई दिइएको समयमै कार्यक्रम सुरु गर्छन् चाहे प्रमुख अतिथि अनुपस्थित नभएको किन नहोस्। प्रायः कार्यक्रम एक डेढ घण्टामै पुरा गर्छन्।
अर्को कुरा, कुनै कार्यक्रममा निम्तो आउँदा उनी पाँच मिनेट अगाडि पुग्छन्। तोकिएको समयभन्दा १५ मिनेटसम्म कार्यक्रम सुरु भएन भने, ‘तिमीलाई दिएको मेरो समय सकियो’ भनेर त्यहाँबाट फर्किन्छन्।
‘समयमा कार्यक्रम नगर्नु पनि एक प्रकारको भ्रष्टाचार नै हो’, उनी भन्छन्, ‘त्यसैले हामीले समयलाई चिन्नु पर्दछ।’
पोखरालाई उज्यालो बनाउन सत्कर्म गर्दै आएका शाक्यसँग पत्रकार घनश्याम पौडेलले गरेको अन्तरसम्बाद: