पाेखरा। एभरेस्ट पेडिया डटकमले ‘पोखरा साहित्य उत्सव’ मनाउन केही प्रतिभाहरूको सिर्जना पस्कने जर्मको गरेको छ। त्यसक्रममा सुरज उपाध्याय, बिर्सना बस्नेत, त्रुपक, विवेक अधिकारी र कृष्ण सुवेदीका गजलहरू समेटिएका छन्।
सुरज उपाध्याय
स्याङ्जाको फेदिखोला गाउँपालिकामा जन्मेहुर्केका सुरज उपाध्याय पोखरामा बसेर कविता, गजल, समालोचन र मुक्तक विधामा कलम चलाउँछन्। उनका ‘तिम्रो मन थर्किएन’ गजल सङ्ग्रह र बाल कविता सङ्ग्रहरू ‘चिल उड्यो आकाश’, ‘साइकल’ र ‘आमा हतारमा, बाबा कतारमा’ प्रकाशित छन्। उनी पुछारसिटे अभियानमा सम्बद्ध छन्।
बिर्सना बस्नेत
पोखरा महानगरपालिका–३२, जन्मेहुर्केकी बिर्सना बस्नेत कविता र गजल लेख्छिन्। उनी गजल सन्ध्या पोखराकी पूर्व अध्यक्ष हुन्। उनी राजाको चौतारास्थित ब्रम्हरुपा मा.वि. राजाको चौतारामा पढाउँछिन्।
त्रुपक
त्रुपक गजल लेख्ने मात्र होइन, गाउने पनि गर्छन्। उनी गजल सन्ध्या पोखराका पूर्व सचिव पनि हुन्।
विवेक अधिकारी
कास्कीको रुपा गाउँपालिका– १ मा जन्मे–हुर्केका विवेक अधिकारी विगत तीन वर्षदेखि साहित्य लेखनमा सक्रिय छन्। उनी गजलसँगै कविता र मुक्तक पनि लेख्छन्। हाल उनी पृथ्वीनारायण क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छन। उनी रुपा वाङ्मय प्रतिष्ठानमा सदस्यको भूमिकामा छन्।
कृष्ण सुवेदी
कास्कीको रुपा गाउँपालिका– २, सिर्कुतानमा २०४० मा जन्मिएका कृष्ण सुवेदी हाल शिक्षण पेसामा आबद्ध छन्। उनी कविता, मुक्तक, गजल, बालकवितालगायत विधामा कलम चलाउँछन्। ‘हामी र हाम्रो संयुक्त मुक्तक संग्रह’मा उनका मुक्तकहरु समावेश छन्। उनी रुपा वाङ्मय प्रतिष्ठान, भू.पू.विद्यार्थी मञ्च (शिवालय मा.वि.), नेपाल रेडक्रस सोसाइटी कास्की शाखा, हस्पुर–थुम्की सम्पर्क समाज र मुक्तक मञ्च (केन्द्रीय सदस्य)मा आबद्ध छन्।