पाेखरा। एभरेस्ट पेडिया डटकमले ‘पोखरा साहित्य उत्सव’ मनाउन केही प्रतिभाहरूको सिर्जना पस्कने जर्मको गरेको छ। त्यसक्रममा भीम रानाभाट, सागर उदास, गौरी तमू, एसपी असफल, माधव सुवेदी, विष्णु पौडेल, संगीता ओझा र सुष्मा अधिकारीका मुक्तक समेटेको छ।
भीम रानाभाट
तनहुँको जामुने स्थायी घर भएका भीम रानाभाट तीन दशकदेखि नेपाली साहित्यमा साधनारत छन्। उनी ‘गण्डकी साहित्य संगम’ पोखराका अध्यक्ष हुन्। उनका दुई मुक्तक सङ्ग्रह ‘रगतका छिर्का’(२०४९) र ‘यही हो मेरो देश’(२०७०) प्रकाशित छन्।
सागर उदास
पुर्ख्याैली थलो तनहुँको बन्दीपुर भएका सागर उदास दमौलीमा बसेर साहित्य साधना गर्दछन्। उनी गीत, कविता, गजल र मुक्तक लेख्छन्। उनका तीन ओटा गीति सङ्ग्रह, ‘सागरभित्रका कणहरू’, ‘फैलिन्छ कि माया’ र ‘सागर सुसेली’ प्रकाशित छन्। त्यस्तै दुइटा गीति एल्बम आभार र रवी सार्वजनिक भएका छन्। उनी गण्डकी वाङ्मय प्रतिष्ठानका निर्वतमान अध्यक्ष हुन्।
गौरी तमू
गुरुङ साहित्य प्रवर्द्धनमा सक्रिय अभियन्ता हुन् गौरी तमू। उनी नेपाली र गुरुङ भाषामा लेख्छिन्। उनको द्विभाषिक मुक्तक सङ्ग्रह ‘समैं दर्बानी’ (समय दर्पण) प्रकाशित छ। गुरुङ साहित्यिक मञ्चकी संस्थापक अध्यक्ष गुरुङ नवप्रभात मा.वि.मा पढाउँछिन्।
एसपी असफल
स्याङ्जाको फेदीखेला गाउँपालिका– ३ गहतेरामा जन्मिएका एसपीले कास्कीको पोखरालाई कर्मथलो बनाएका छन्। होटल व्यवसायमा आबद्ध उनी एक दशकदेखि मुक्तक, गजल, हाइकु र लघुकथा लेखनमा सक्रिय छन्। करिब एक दर्जन बढी संयुक्त संग्रहमा उनका मुक्तकहरु प्रकाशित छन्। उनी स्याङजा साहित्य संगमका पूर्वउपाध्यक्ष हुन्। भने, नेपाली भाषा साहित्य (काठमाडौं)मा पनि उनको आबद्धता रहेको छ।
माधव सुवेदी
कास्कीको रुपा गाउँपालिका– २ मा जन्मे–हुर्केका माधव सुवेदी शिक्षण पेसामा आबद्ध छन्। पोखराको बिन्दबासिनी माध्यमिक विद्यालयमा पढाउने सुवेदी करिब चार वर्षदेखि गजल र मुक्तक लेखनमा सक्रिय छन्। मुक्तक मञ्च कास्कीका कोषाध्यक्षसमेत रहेका उनी रुपा वाङ्मय प्रतिष्ठानमा सदस्यको भूमिकामा छन्।
विष्णुप्रसाद पौडेल
पोखरा महानगरपालिका वडा नं. २३, सिधाने (पञ्चासे)मा जन्मे–हुर्केका विष्णुप्रसाद पौडेल तीन दशकदेखि होटल व्यवसायमा आबद्ध छन्। कोरोना महामारीको फुर्सदिलो समयदेखि मुक्तक र गजल लेखनमा लागेका उनले ‘फेवाका तरङ्ग’ नामक मुक्तक संग्रह प्रकाशित गरेका छन्। हाल उनी मुक्तक मञ्चको केन्द्रीय सदस्यको भूमिकामा छन्।
संगीता ओझा
संगीता ओझा गीत, गजल, मुक्तक लेख्छिन। उनको प्रमुख विधा मुक्तक हो। उनी मुक्तक मञ्च पोखरामा आबद्ध छिन।
सुष्मा अधिकारी
पोखरा महानगरपालिका– २३, पामेमा जन्मे–हुर्केकी सुष्मा अधिकारी हाल पृथ्वीनारायण क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्। बाल्यकादेखि नै साहित्यमा रुचि राख्ने उनी दुई वर्षदेखि मुक्तक लेखनमा सक्रिय छिन्। उनी मुक्तक मञ्चको केन्द्रीय सदस्य हुन्।