पाेखरा। पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरिएको छ। स्वदेशी मात्र होइन, संसारभरका पर्यटक रमाउने अतुलनीय गन्तव्यका रुपमा पोखरा लोकप्रिय छ। यहाँ ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदा छन्। गुरुङ, मगर, थकाली, नेवार, दलित, क्षेत्री, बाहुन लगायत विभिन्न जातजातिको साझा फूलबारी हो, पोखरा।
कला, साहित्य र संस्कृतिका हिसाबले समेत पोखरा समृद्ध छ। सिर्जनाको फाँटबाट पोखरालाई धेरैले उज्यालो बनाइसकेका छन्। कविशिरोमणि लेखनाथ पौड्याल, कवि रत्नदेव शर्मा पौडेल, कवि ऐननाथ देवकोटा, जनकविकेशरी धर्मराज थापा, लोकगायक झलकमान गन्धर्व, लोककवि अलिमियाँ, गीतकार चेतन कार्की, कवि घनश्याम ढकाल, गायक कल्याण शेरचन, गायक सरोजगोपाल बज्राचार्य, गीतकार प्रकट पगेनी ‘शिव’, लोकगायक धनबहादुर गन्धर्व, कवि चोकबहादुर बरुवाल, निबन्धकार हेमराज पहारी लगायत धेरै सर्जकले श्रृङ्गारेको भूमि हो, पोखरा।

वर्तमानमा कलाकारहरू दुर्गा बराल ‘वात्सायायन’, बुद्धि गुरुङ, यादवचन्द्र भुर्तेल, गोपाल श्रेष्ठ, एलपि गुरुङ, क्षेत्रलाल कायस्थ, आलोक गुरुङ, मिलन शेरचन, हरेराम जोजु लगायत धेरै कलाकारले योगदान पुर्याउँदै आएका छन्।
साहित्यमार्फत् सरुभक्त, तीर्थ श्रेष्ठ, विश्व शाक्य, रमेश श्रेष्ठ, नुमराज बराल, हरिदेवी कोइराला, पद्यराज ढकाल, सूर्य खड्का ‘बिखर्ची’, कृष्णराज अधिकारी, नारायण मरासिनी, इन्द्र राना ‘प्रतीक’, तारा पाखे, गेहेन्द्र भुषण पोखरेली, वेदनाथ अधिकारी, शोभाकान्त गौडेल लगायत स्रष्टाहरू पोखरालाई उजिल्याउने अभियानमा समर्पित छन्।
त्यसैगरी कृष्णप्रसाद बाँस्तोला, टीकामाया गन्धर्व, नारायण परिश्रमी, भीम रानाभाट, सरुबिन्द, बद्रीविनोद प्रतीक, मदन भण्डारी, रुपिन्द्र प्रभावी, धनबहादुर नेपाली, धन प्रसाद तामाङ, कृष्ण उदासी, सरस्वती श्रेष्ठ ‘सरु’, सरस्वती प्रतीक्षा, गनेस पौडेल, लक्ष्मी थापा, पूर्ण लामा, डा. इश्वरमणी अधिकारी, दीपक समिप, लक्ष्मण थापा, जीवनसागर भण्डारी, स्ट्रगल, संजीब पौडेल, सुरज उपाध्याय, गौरी तमू लगायत स्रष्टाहरू यही अभियानमा सक्रिय छन्।
यहाँको साङ्गीतिक फाँटमा पनि धेरै स्रष्टा क्रियाशील छन्। नयाँ पुस्तामा पनि अनगिन्ति स्रष्टा छन्। धेरै सङ्घसंस्था निरन्तर कार्यक्रम गर्छन्। यसरी पोखराको र्सिजनात्मक माहौल सुनौलो देखिन्छ।
पोखरा यतिबेला ‘नेपाल लिटरेचर फेस्टिभल’मय भएको छ। पोखरामा साहित्यिक पर्यटन प्रवर्द्धन गर्न यस महोत्सवले महत्वपूर्ण भूमिका खेलेको छ। पर्यटन प्रोडक्टका रुपमा स्थापित भएको छ, नेपाल लिटरेचर फेस्टिभल।

यही मेसोमा एभरेस्ट पेडियाले पनि ‘पोखरा साहित्य उत्सव’ मनाउन केही प्रतिभाहरूको सिर्जना पस्कने जर्मको गरेको छ। साथै कला, साहित्य, रङ्गमञ्च र समाजसेवामा योगदान दिने केही अगुवाहरूसँग अन्तरसंवाद पनि गरेको छ।
एभरेस्ट पेडियाले रत्नाकुमारी विश्वकर्मा, लक्ष्मण थापा, रुद्रबहादुर थापा मगर, धनबहादुर नेपाली, सरस्वती श्रेष्ठ ‘सरु’, इन्द्र राना ‘प्रतीक’, केशु शर्मा, लक्ष्मी थापा, धनप्रसाद तामाङ, जीवनसागर भण्डारी, पूर्णिमा प्रतिविम्ब, सुरेश रानाभाट, रोशन तलिगोठ्याल र रामजी आचार्यका कविताको भिडियो रेकर्ड गरेको छ। त्यसैगरी सुरज उपाध्याय, बिर्सना बस्नेत, त्रुपक, विवेक अधिकारी र कृष्ण सुवेदीका गजलहरूका साथै भीम रानाभाट, सागर उदास, गौरी तमू, एसपी असफल, माधव सुवेदी, विष्णु पौडेल, संगीता ओझा र सुषमा अधिकारीका मुक्तक समेटेको छ।
यसैगरी लोकगायिका हरिदेवी कोइराला, साहित्यकार विश्व शाक्य, कलाकार बुद्धि गुरुङ, रङ्गकर्मी प्रमिला तुलाचन, कलाकार कृष्णप्रसाद मर्सानी, सामाजिक अभियन्ता प्रकाश गुरुङ र गीतकार सागर उदाससँग अन्तरसंवाद गरिएको छ। उनीहरूसँग क्रमशः जुना थापा मगर, घनश्याम पौडेल, रोशनी गुरुङ, प्राञ्जल, हसिना बस्नेत र कमल प्रभात विकले कुराकानी गरेका हुन्।
कविताको सहर
रत्नाकुमारी विश्वकर्मा
पोखरा महानगरपालिका वडा नंं: १६ लामाचौरमा बसोबास गर्दै आएकी रत्नाकुमारी विश्वकर्मा कथा, समालोचन र कविता लेख्छिन्। उनी स्थानीय घार्मीस्थित महेन्द्र मा.वी.मा पढाउँछिन्। साथै र्यान्डम रिडर्स सोसाइटी नेपालकी सदस्य पनि हुन्।
लक्ष्मण थापा
पोखरा महानगरपालिका वडा नं. १८ सराङ्कोटमा जन्मेर पोखराको बैदाममा हुर्केका लक्ष्मण थापा कविता, मुक्तक, लघुकथा, गजल र गीत लेख्छन्। उनका दुई ओटा गजल सङ्ग्रह ‘मनको मुर्च्छना’ र ‘पलापला’ तथा एउटा मुक्तक सङ्ग्रह ‘पर्खाल बाहिर’ प्रकाशित छन्। त्यस्तै कविता सङ्ग्रह ‘अक्षरहरूको मुर्छना’ र लघुकथा सङ्ग्रह ‘मान्छे हराएको मान्छे’ प्रकाशित छन्। उनी नवनित साहित्य सागर र अक्षर यात्राका अभियन्ता हुन्।
तीन हजार बढी मानिसका चित्र काेरेका मर्सानी
थप सामाग्रीहरु क्रमश: प्रकाशन/प्रसारण हुँदैछन...