काठमाडौ। नेपाल पर्यटन बोर्ड र युनिकम एलएलसीको सहकार्यमा अमेरिकाको लस एन्जलसस्थित कन्भेन्सन सेन्टरमा ‘लस एन्जलस ट्राभल एण्ड एड्भेन्चर शो’ सम्पन्न भएको छ। नेपालबाट चार प्रतिष्ठित ट्राभल एण्ड एड्भेन्चर कम्पनीहरूको सहभागिता रहेको यो कार्यक्रम सफलताको रूपमा हेरिएको छ।
-1740473537.jpeg)
कार्यक्रमले नेपालमा पर्यटन, ट्रेकिङ, एड्भेन्चर, संस्कृति र प्रकृतिको प्रवर्द्धन गर्न ठोस भूमिका खेलेको छ। टानका पूर्वमहासचिव विनोद सापकोटाले शोले नेपालको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुर्याउने बताए।
शोमा सहभागी नेपाली ट्राभल कम्पनीहरूका सहभागि जनाएका थिए। जसमा फ्रेण्ड्स एड्भेन्चर टीमका राजेन्द्र बहादुर लामा, नेपाल ट्रेक एड्भेन्चरका प्रवन्ध निर्देशक विनोद सापकोटा, नेपाल स्यान्क्चुरी ट्रेकका तुलसी ज्ञवाली र ओझा होलिडेज टुर्स एण्ड ट्रेक्सका रमेशराज ओझा थिए।
-1740473542.jpeg)
फ्रेण्ड्स एड्भेन्चर टीमका प्रवन्ध निर्देशक तथा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य राजेन्द्र बहादुर लामाले शोले हजारौं आगन्तुकहरूलाई आकर्षित गरेको उल्लेख गरे।
लामाले भने, ‘नेपाल पर्यटन बोर्डको उपस्थितिले नेपाललाई साहसिक यात्रा, सांस्कृतिक पर्यटन तथा व्यवसायका लागि उत्कृष्ट गन्तव्यको रूपमा प्रवर्द्धन गरेको छ।’
उनका अनुसार नेपालका सुन्दर परिदृश्य, समृद्ध सम्पदा र विविध पर्यटन अनुभवहरूले आगन्तुकहरूको चासो आकर्षित गरेको छ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार अमेरिकी पर्यटकलाई नेपाल भित्र्याउन शोले विशेष भूमिका खेलेको सञ्चार माध्यामलाऐ जानकारी गराए। सन् २०२४ मा नेपाल भ्रमण गर्ने कुल पर्यटकमध्ये करिब १० प्रतिशत अमेरिकी नागरिक हुने अनुमान गरिएको छ। भारतपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अमेरिका बाट आउने भएकाले ट्राभल एण्ड एड्भेन्चर शो महत्वपूर्ण रहेको जोशीले बताए।
-1740473541.jpeg)
यस शोमा नेपालबाहेक जापान, ताइवान, इण्डोनेसिया, दक्षिण अमेरिकी मुलुकहरूका ट्राभल एजेन्सीहरूले भाग लिएका थिए। नेपाल पर्यटन बोर्डका वरिष्ठ युरोप-अमेरिका मार्केटिङ शाखाका अधिकृत कुन्दन मिश्रको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो।
शोमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, वरिष्ठ प्रबन्धक निर्देशक नवीन पोखरेल र क्यालिफोर्नियाका लागि नेपालको अवैतनिक वाणिज्यदूत ऋषि प्रसाद ढकालकाे पनि सहभागीता रहेकाे थियाे। शो फेब्रुअरी २२ र २३ तारिखसम्म चलेको थियो।
-1740473534.jpeg)
-1740473534.jpeg)