पोखरा। पोखरास्थित पश्चिमाञ्चल क्याम्पसमा इन्जिनियरिङ साहित्य सञ्जाल (इन्सास), को आयोजनामा साहित्यिक, सांस्कृतिक तथा साङ्गितिक महामिलन “त्रिवेणी“ कार्यक्रम गरिएको छ। इन्जिनियरिङका वद्यार्थीहरूलाई साहित्य, कला र संस्कृतिप्रति मोहित गराउन फागुन २ गते सम्पन्न कार्यक्रममा करिब ३ हजार विद्यार्थीको सहभागिता थियो।
-1739948627.jpg)
कार्यक्रममा चचिर्त गायक बसन्त थापाले माहौल तताएका थिए। गीतको धुनमा दर्शक नाचे। यसैगरी, देशका ख्यातिप्राप्त कवि, लेखक तथा साहित्यकारले कविता, गजल, मुक्तक, कथा एवम् लघुकथा आदि वाचन गरेका थिए। कार्यक्रममा देशका विभिन्न कुनामा रहेका फरक संस्कृति देखाउने जमर्को गरिएको थियो। सुदुरपश्चिमको डेउडादेखि मिथिलाञ्चलको मिथिला नाचसम्म प्रस्तुत गरिएको थियो। साथै मौलिक संस्कृति रत्यौली, दोहोरी, किर्तन आदिको रमझम थियो।
-1739948626.jpg)
कार्यक्रमले विद्यार्थीहरूलाई सिर्जनशील अभिव्यक्तिको नयाँ धरातल प्रदान गर्नुका साथै, साहित्य, कला तथा प्रविधिको समिश्रण कसरी प्रभावकारी हुन सक्छ भन्ने उदाहरण पस्केको थियो।
इन्सासका अध्यक्ष विजय अधिकारीले विद्यार्थीहरूको सिर्जनशीलता बढाउन आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।
-1739948625.jpg)
-1739948623.jpg)
-1739948623.jpg)
-1739948622.jpg)
-1739948621.jpg)