काठमाडौं । नेपाल एकीकरणका सिलसिलामा गोरखाका राजा पृथ्वीनारायण शाहले दलबलसहित काठमाडौं हिँडेको रुटलाई ‘ऐतिहासिक एकीकरण पदमार्ग’का रुपमा ब्रान्डिङ गरिने भएको छ।
वि.सं. २०७६ देखि नेपाली सेनाले वर्षेनी एकीकरण पदमार्गमा पदयात्रा गर्दै आएको छ। पर्यटनकर्मीले यसलाई व्यवसायिक पदमार्गका रुपमा विकास गर्नु पर्ने आवाज उठाउँदै आएकाले एकीकरण पदमार्गलाई पर्यटकीय उपज बनाउने अभियान सुरु गरिएको छ। धार्चे मनास्लु पर्यटन विकास समितिको अगुवाईमा भर्खरै यस पदमार्गको विस्तृत अध्ययन गरिएको छ।
-1739884049.jpg)
समितिका अध्यक्ष एवम् पर्यटन अभियन्ता साने गुरुङको नेतृत्वमा इन्जिनियर कृष्ण गौतम र सहयोगी दलबहादुर गुरुङको टोलीले माघ २८ देखि फागुन ४ गतेसम्म एकीकरण पदमार्गको अध्ययन गरेको हो।
उनीहरूले गोरखा नगरपालिका वडा नं. ६ हनुमान भञ्ज्याङ (हेरचाह अड्डा) (१,३७५ मिटर) बाट पदयात्रा सुरु गरेर भीमसेन थापा पार्क, ताप्लेकोट, भीमसेन गाउँपालिका, आश्राङ, भीमसेन पार्क सङ्ग्रहालय, घाटबेंसी, त्रिपुरासुन्दरी गाउँपालिका, हाँसीपसल, खहरे, आँखु खोला, रानीपौवा, कटुञ्जे, भुटेनी, भरङभुरुङ खोला, सामरी भन्ज्याङ, हुलाकघर, नेत्रावती डबजोङ, म्यागङ, बिदुर नगरपालिका, लिखु खोला, बेलकोटगढी नगरपालिका, ककनी, तारकेश्वर, बालाजू बाइस धारा हुँदै हनुमान ढोका हेरचाह अड्डामा यात्रा समापन गरेका हुन्।
-1739884047.jpg)
‘हामीले २६ कोश पदमार्ग अध्ययन पुरा ग¥यौं’, समितिका अध्यक्ष गुरुङ भन्छन्, ‘हामीलाई ७ दिन लाग्यो । सरासर हिँड्ने हो भने ५ दिनमा पदयात्रा पुरा गर्न सकिन्छ।’ गुरुङका अनुसार यस पदमार्गलाई व्यवस्थित बनाउन सके यहाँ इतिहास, संस्कृति र प्रकृतिमा रमाउने पदयात्रीलाई आकर्षण गर्न सकिन्छ। ‘पदयात्रा मात्र होइन, यहाँ साइक्लिङ र म्याराथन समेत गर्न सकिन्छ’, उनले भने, ‘विशेषतः इतिहासका विद्यार्थीका लागि यसलाई ‘हिस्टोरिकल टे«ल’का रुपमा विकास गर्न सकिन्छ।’
ठाउँठाउँमा पदमार्ग सुधार, संकेत पाटीको व्यवस्था, ठाउँठाउँमा खानेपानीको धारा र शौचालयको आवश्यकता देखिएको छ। ‘हामी अध्ययन रिपोर्ट स्थानीय गाउँपालिका, टान, पर्यटन बोर्ड र पर्यटन मन्त्रालयलाई बुझाउँछौं’, पर्यटन अभियन्ता गुरुङ भन्छन्, ‘कहाँ कहाँ के के कुरा गर्न आवश्यक छ, ती सबै कुरा सुझाएर हामी सुझाब रिपोर्ट दिनेछौं।’
एकीकरण पदमार्ग नेपालको पर्यटनमा आकर्षक प्रोडक्टका रुपमा स्थापित हुनेमा पर्यटन अभिन्यता गुरुङ बिश्वस्त छन्। यस पदमार्गलाई लाङटाङ, मनास्लु र रुबीभ्याली पदमार्गसँग पनि जोड्न सकिन्छ।
याे पनिः धार्चे मनास्लु पर्यटन विकास समितिद्वारा ऐतिहासिक एकीकरण पदयात्रा सम्पन्न
याे पनिः गाइडको कथाः १० पाथी आलुले बदलेको साने गुरुङको जीवन (भिडियाे)
-1739884046.jpg)
-1739884045.jpg)
-1739884044.jpg)
-1739884042.jpg)
-1739884044.jpg)
-1739884042.jpg)

