काठमाडौं। समाजलाई प्रकृतिमैत्री भएर बाँच्न सिकाउने अभियानमा समर्पित उदाहरणीय संस्था ‘प्रकृतिप्रेमी समूह’ले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। उसको हाइकिङमा जंकफुड, फास्टफुड र मदिरा निषेध छ। हाइकर्सलाई फलफूल र स्वास्थ्यबद्र्धक खाना मात्र खुवाइन्छ। हाइकिङमा उचित आहार, विहार र विचार अभ्यास गर्ने सरल तरिका समेत सिकाइन्छ।
यसै सिलसिलामा माघ २६ गते उसले आफ्ना सदस्यहरूलाई नुवाकोटको बुद्धपार्क, टुनी झरना र मानेडाँडा क्षेत्रमा हाइकिङ गराइएको छ। समूहकी सचिव एवम् ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक राम देवी महर्जनको नेतृत्वमा भएको हाइकिङमा पदयात्रीहरूले ठाउँठाउँमा ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने नारा घन्काएका थिए।
-1739692658.jpg)
संस्थाको कार्यालय निरोगधाम, सातदोबाटोबाट गाडीमा हाइकर्सहरूलाई सामाखुसी, टोखा, गुर्जे भन्ज्याङ हुँदै चौकी भन्ज्याङसम्म लगिएको थियो। त्यहाँबाट उनीहरूले पदयात्रा गरेका हुन्।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लेखिएको निलो क्याप लगाएका पदयात्रीको लर्कन आकर्षक देखिन्थ्यो। हाइकिङमा बुद्धपार्कका अभियन्ता मणिराज डंगोलले पथप्रदर्शकको भूमिका निवार्ह गरेका थिए।
हाइकिङविज्ञ राम देवी महर्जन
बुद्धको देश नेपालमा बुद्ध वाणीलाई व्यवहारिक जीवनमा लागू गर्न प्रेरित गर्ने उद्धेश्यले बुद्धपार्क निर्माण गरिएको उनले बताए। बुद्धपार्क नजिकै मयूरपार्क पनि बनाइएको छ। यो क्षेत्र शान्त, शितल र आनन्दित छ। नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ६, फेदी गाउँको खोंचमा दुइटा साना झरनाको बीचमा बुद्धको मूर्ति राखिएको छ। वरपर लुङ्दार र धज्र्यू फर्फराइएको छ। पार्क निर्माणाधीन अबस्थामा छ।
-1739692660.jpg)
कतै खेतको डिल, कतै जङ्गल त कतै गाउँको गोरेटामा हिँड्दै हिँड्दै पदयात्रीहरू बुद्धपार्क पुगे। उनीहरू खुलेका गणेश हिमाल र लाङटाङ हिमसृङ्खलामा आँखा जुधाउँदै हिँडे। बुद्धपार्कमा पुगेपछि पनि गदगद बने। तस्बिर खिचे। टिकटक र भिडियो बनाए।
यसपालिको हाइकिङले पिकनिकको झल्को दिलायो। बुद्धपार्क नजिकै खेतबारीमा बसेर दालभात, तरकारी खाँदा सबैले रमाइलो माने। खानापछि स्वास्थ्यवद्र्धक गीतमा नाचगान गरेर हाइकिङविज्ञ महर्जनले सबैलाई टुनी झरनातिर अघि बढाइन्।
-1739692662.jpg)
बुद्धपार्कबाट करिब १ किलोमिटर दुरीमा रहेको टुनी झरना मनमोहक छ। अग्लो झरनालाई नजिकबाट चुमेर पदयात्री फर्के। त्यहाँबाट उनीहरूलाई मानेडाँडासम्म पदयात्रा गराइएको थियो। मानेडाँडामा उनीहरूले खोलेगाउँको स्थानीय उत्पादन मह किने। त्यहाँबाट उनीहरूलाई गाडीमा निरोगधाम पु¥याइयो।
-1739692661.jpg)
कसरी पुग्ने ?
काठमाडौंको सामाखुसीबाट चौकी भन्ज्याङसम्म १३ किलोमिटर गाडीमा ।
चौकी भन्ज्याङबाट ६ किलोमिटर ओरालो पदयात्रामा बुद्धपार्क ।
बुद्धपार्कबाट १ किलोमिटरमा टुनी झरना ।
टुनी झरनाबाट २ किलोमिटरमा मानेडाँडा ।
जम्मा पदयात्रा दुरी: ९ किलोमिटर
पदयात्रा समय: ४ घण्टा, बाटो पुरै उकालो र ओरालो ।
नोट: लामो दुरी हिँड्ने हो भने गुर्जे भन्ज्याङबाट हिँडेमा थप ३ किलोमिटर गरी ११ किलोमिटर पदयात्रा गर्न सकिन्छ ।
कच्ची सडकले मयूरपार्क र टुनी झरनालाई जोडेको छ । मयूरपार्कबाट ५ मिनेट हिँडेमा बुद्धपार्क पुगिन्छ । साथै मानेडाँडासम्म सडक पक्कि छ ।
-1739692663.jpg)
-1739692663.jpg)
-1739692664.jpg)
-1739692665.jpg)
-1739692805.jpg)
-1739692807.jpg)
-1739692813.jpg)
-1739692814.jpg)
-1739692815.jpg)
-1739692848.jpg)
-1739692850.jpg)
-1739692855.jpg)
-1739692861.jpg)
-1739692869.jpg)
-1739692894.jpg)
-1739692894.jpg)
-1739692896.jpg)
-1739692902.jpg)
-1739692902.jpg)
-1739692928.jpg)
-1739692928.jpg)
-1739692929.jpg)
-1739692950.jpg)
-1739692953.jpg)
-1739692952.jpg)
-1739692954.jpg)