काठमाडाैं। आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे। नेपालीमा प्रणय दिवस भनिने यस दिनमा मन परेको मान्छेलार्ई फूल, चकलेट तथा उपहार दिएर प्रेम प्रकट गर्ने गरिन्छ। प्राचीनकालको एक कथामा आधारित यस दिवसलाई संसारभर फरकफरक शैलीमा मनाइन्छ। यस दिनलाई साहित्य सिर्जनाको प्रस्तुतिमार्फत् अझ विशेष बनाउने गरिन्छ। यस वर्षको ‘भ्यालेन्टाइन डे’को अवसरमा एभरेस्ट पेडिया डटकमले सात जना कविका कवितालाई समेटेको छ:
सुमन थापा (सङ्गम)
आफ्नी आमाको साहित्यप्रति रुचिबाट प्रभावित भएर बाल्यकालदेखि नै साहित्य सिर्जनामा सक्रिय थापाको ‘माइतीघरको फूल’ कविता सङ्ग्रह प्रकाशित छ। उनी विशेषगरी सामाजिक घटनामा आधारित भएर चोटिला सिर्जना गर्छिन्। कविता, गीत र नियात्रा उनका प्रमुख विधा हुन्।
थापाको ‘प्रेमको रङ्ग’ शीर्षक कविता:
भोजराज न्यौपाने
लामो समयदेखि पत्रकारितासँगै साहित्य लेखनमा सक्रिय भोजराज न्यौपाने सरल शब्दमा प्रभावशाली कविता लेख्छन्। उनको ‘छुटेको जुत्ता’ र ‘आकाशमाथिका देवता’लगायत कृति प्रकाशित छन्।
दोलखाको माटोमा जन्मेहुर्केका न्यौपानेको ‘हजारौं वर्ष अघिको प्रेम’ शीर्षक कविता:
मणि लोहनी
तीन दशकदेखि कथा र कविता क्षेत्रमा सक्रिय मणि लोहनी पेसाले टेलिभिजन पत्रकार हुन्। सरल भाषामा दार्शनिक अभिव्यक्ति दिने उनका ६ ओटा कृति प्रकाशित छन्। उनका ‘परास्त प्रेम’, ‘निर्वस्त्र मन’, ‘मलामी साँझ’ र ‘मृत्युको अघिल्तिर’ कविता सङ्ग्रह छन्। उनी नुवाकोटमा जन्मेहुर्केका हुन्।
लोहनीको ‘एउटा निजी पीर’ शीर्षक कविता:
लोकराज भट्ट
सामाजिक घटना र कला संस्कृतिबाट प्रेरित भएर साहित्य लेखनमा लागेका लोकराज भट्टको ‘छाइल’ उपन्यास प्रकाशित छ। सुदूरपश्चिममा जन्मेहुर्केका भट्टका सिर्जनामा सुदूरपश्चिमेली भाषा, कला र संस्कृतिको स्वाद भेटिन्छ। कथा, कविता र उपन्यास लेखनमा सक्रिय छन् भट्ट।
भट्टको ‘रहरहरू’ शीर्षक कविता:
रीमा केसी
प्युठानमा जन्मेहुर्केकी रीमा केसी एक दशकदेखि साहित्य लेखनमा सक्रिय छिन्। साहित्यसँगै पत्रकारितामा पनि सक्रिय उनी कविता, गीत र कथामा कलम चलाउँछिन्। उनका ‘यात्रा अक्षर’ कविता संग्रह र ‘अमृता प्रीतमका छानिएका कविता’ प्रकाशित छन्।
केसीको ‘मौन प्रेम’ शीर्षक कविता:
एलिशा ढुङ्गाना
एलिशा ढुङ्गाना कविता लेखन र पत्रकारितामा सक्रिय छिन्। भक्तपुरमा जन्मेहुर्केकी उनी प्रेम र जीवनमाथि कविता लेख्छिन्। उनको कविता सङ्ग्रह प्रकाशनको तयारीमा छ। उनी इजीपाना डट् कमकी सम्पादक हुन्।
ढुङ्गानाको ‘सम्बन्धको पुल’ शीर्षक कविता:
सञ्जय सुमन
संगीतकर्मी सञ्जय सुमन करिब पाँच वर्षदेखि कविता लेखनमा सक्रिय छन्। सर्लाहीमा जन्मेका उनको ‘प्रेमको आदिम गीत’ (संयुक्त कविता संग्रह) प्रकाशित छ। त्यस्तै तराईका माटा, लडेर फेरि उठ्छु, जोगीलगायत गीत चर्चित छन्। शिक्षण पेसामा आबद्ध उनी सङ्गीत कम्पोज पनि गर्छन्।
सुमनको ‘छुटेका प्रियहरु’ कविता यहाँ प्रस्तुत छ: