काठमाडाैं। एयरलाइन्सरेटिङ्स डटकमले वार्षिक रूपमा जारी गर्ने विश्वकै उत्कृष्ट एयरलाइन्स सूचीमा कोरियन एयरले २०२५ को एयरलाइन्स अफ द इयर उपाधि जितेको छ। अघिल्लो वर्ष विजेता बनेको कतार एयरवेज यस वर्ष दोस्रो स्थानमा पुगेको छ।
अष्ट्रेलियामा आधारित एयरलाइन्स सुरक्षासम्बन्धी तथा सेवा मूल्याङ्कन गर्ने संस्थाले कोरियन एयरको यात्रु सुविधालाई मुख्य आधार मान्दै यसलाई शीर्ष स्थानमा राखेको हो। कोरियन एयर तथा जापान एयरलाइन्सले विश्वका अन्य एयरलाइन्सहरूभन्दा इकोनोमी क्लासमा बढी स्थान भएको सिट उपलब्ध गराएकोले यो निर्णय गरिएको बताइएको छ।
कोरियन एयरले यात्रुहरूको आरामदायी अनुभव लाई ध्यानमा राख्दै आफ्नो विमानभित्र सिटको पुरानै व्यवस्था जोगाइराखेको छ। यसका साथै कोरियन एयर र असियाना एयरलाइन्सको मर्जर (संयुक्ति)ले पनि यसलाई विश्वकै उत्कृष्ट एयरलाइन्स बनाउन मद्दत गरेको बताइएको छ।
उत्कृष्ट पूर्ण-सेवा एयरलाइन्स
१. कोरियन एयर
२. कतार एयरवेज
३. एयर न्युजिल्यान्ड
४. क्याथे प्यासिफिक
५. सिंगापुर एयरलाइन्स
६. एमिरेट्स
७. जापान एयरलाइन्स
८. क्वान्टस
९. एतिहाद
१०. टर्किश एयरलाइन्स
११. इभा एयर
१२. फिजी एयरवेज
१३. भर्जिन एट्लान्टिक
१४. एएनए
१५. एरो मेक्सिको
१६. एयर कराइबेस
१७. थाइ एयरवेज
१८. स्टारलक्स
१९. भियतनाम एयरलाइन्स
२०. श्रीलङ्कन एयरलाइन्स
२१. एयर फ्रान्स
२२. केएलएम
२३. एयर कालिन
२४. एयर मोरिसियस
२५. गरुडा इन्डोनेसिया
कम-लागतका एयरलाइन्स
१. एयरएसिया
२. जेटस्टार
३. एयरबाल्टिक
४. एचके एक्सप्रेस
५. इजिजेट
६. फ्लाईदुबई
७. राइनएयर
८. स्कुट
९. ब्रीज
१०. साउथवेस्ट
हाइब्रिड एयरलाइन्स
यस वर्ष पहिलोपटक हाइब्रिड एयरलाइन्स को नयाँ श्रेणी थप गरिएको छ, जसले पूर्ण-सेवा र कम-लागत मोडेलको संयोजन गर्छ।
१. जेटब्लु
२. वेस्टजेट
३. भर्जिन अष्ट्रेलिया
४. डेल्टा एयरलाइन्स
५. युनाइटेड एयरलाइन्स