काठमाडौं। प्राचीन नगरी द्वाल्खामा अवस्थित नेवार जातिका इष्ट देवता हुन्, ‘दोलखा भीमसेन’। काठमाडौं उपत्यकासहित विभिन्न भूभागका हजारौं नेपालीले वर्षेनी दोलखा भीमसेनको दर्शन गर्छन्। स्वदेशी मात्र होइन, विदेशीले समेत भीमसेनलाई पूज्छन्।
यिनै भीमसेनको आशीर्बाद शिरमा बोकेर सांस्कृतिक कर्ममा जुटेका संस्कृतिकर्मी हुन्, शान्तकृष्ण श्रेष्ठ। उनी दोलखाको इतिहास र संस्कृतिका ज्ञाता हुन्। दोलखा काठमाडौं भन्दा पुरानो नेवार बस्ती भएको विषय उठाएर उनले नयाँ बहस छेडेको केही वर्ष भइसक्यो। यसमा अध्ययन एवम् अनुसन्धान जारी छ ।
शान्तकृष्ण श्रेष्ठ
संस्कृतिकर्मी
भारतीयहरूको पहलमा हिन्दू धार्मिक ग्रन्थ रामायण अनुसार भगवान रामसँग जोडिएका पावन भूमिलाई जोडेर ‘रामायण सर्किट’ बनाउने अभियान सुरु भएको छ। उनीहरूले नेपालतर्फ सीताको जन्मभूमि जनकपुरलाई सर्किटमा समेटेका छन्। दोलखालाई पनि सर्किटमा समावेश गर्न श्रेष्ठले पैरवी गर्दै आएका छन्।
हालै मात्र डा. जगमान गुरुङले भीमसेनले दोलखाकै सैलुङमा छाडेको तरबार दर्शन गरेर मात्र दोलखा भीमसेनको दर्शन गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएपछि दोलखालीका बिचमा तरङ्ग उत्पन्न भएको छ।
‘भीमसेनको बहान तरबार होइन, गधा हो। फेरि भीमसेन जस्तो देवताले कसरी आफ्नो हतियार बिर्सेर हिँडे होलान् ?’, यस विषयमा संस्कृतिकर्मी श्रेष्ठ भन्छन्, ‘श्रद्धेय ऋषिवर डा. जगमानसँग के यसको कुनै यसको प्रमाण छ ?’
दोलखा भीमसेनको महिमाका बारेमा संस्कृतिकर्मी श्रेष्ठसँग एभरेस्ट पेडियाले भिडियो कुराकानी गरेको छ ः