‘युङ्डुङ् बोन्’ धर्म शासनको स्तम्भ परम पूजनीय ‘योङ्जिन रिम्पोछेज्यू’ले निर्माणकाय मानवको रूप लिनु भएको सय वर्ष पुगेको उपलक्ष्यमा उहाँको सुस्वास्थ्य एवम् दीर्घायूको कामना गर्दछु।
रिम्पोछेज्यूले सम्पूर्ण जीवन ‘युङ्डुङ् बोन्’ धर्मका लागि समर्पित गर्नु भएको छ। बोन धर्मका संस्थापक आदरणीय गुरु ग्याल्वा शेन्राव मिवोले मानव कल्याण र सुख शान्तिका लागि देखाउनु भएको बाटोलाई अनुसरण गरेर विश्वलाई बोन धर्मको उज्यालोमा हिँडाउनु भएका पूजनीय गुरु योङजिन रिम्पोछेज्यू प्रति हार्दिक अभिनन्दन गर्दछु।
रिम्पोछेज्यूले १०० औं वर्षसम्म धर्म शासन गरी जगतको हित गर्नु भएको कुरा स्मरण गर्दै पुण्य कमाऔं। ट्रितेन नोर्बुचे गुम्बाको आयोजनामा हामी परम पूजनीय रिम्पोछेज्यूको जन्मोत्सव भव्य रुपमा मनाइरहेका छौं।
गेसे लोडोई छोगलेक
सय वर्षको जीवनमा उहाँले पु¥याएको योगदानको सम्झना गरेर उहाँले झैं धर्मसंस्कृतिको रक्षाका लागि समर्पित हुन आज हामीले प्रण गर्नु पर्दछ।
पूजनीय गुरुले सङ्कट र विपत्को समयमा पनि कुशलतापूर्वक शासन गरी सम्पूर्ण जगत र प्राणीको भलाई गर्नु भएको छ। यस्ता महान गुरुको शताब्दीऔं जन्मोत्सव मनाउन पाउनु हामी सबैको शौभाग्य हो।
याे पनि: बोन गुम्बामा मनाइयो योङ्जिन रिम्पोछेको शताब्दीऔं जन्मोत्सव (भिडियाे)
यसरी जन्मोत्सव मनाएर मात्र पुग्दैन, सबैभन्दा महत्वपूर्ण कुरा पूजनीय रिम्पोछेले दिनु भएको शिक्षा ग्रहण गरेर उहाँले देखाउनु भएको बाटोमा हामी सबै हिँड्नु पर्दछ। बल्ल जन्मोत्सव मनाउनुको अर्थ पुरा हुन्छ।
योङ्जिन रिम्पोछे
‘युङ्डुङ् बोन्’को शासनलाई सोच्नुपर्दा पूजनीय रिम्पोछे जस्तो कृपालु यस धर्तिमा अहिलेसम्म पाल्नु भएको छैन। भविष्यमा पनि पाल्नुहुने सम्भव नभएकाले हामीमा स्मरण भएका जे जति छन् ती निश्चित रूपमा बताउनु पर्नेछ। त्यो पनि पूजनीय गुरुको सागर सरी लीलाबाट केही खण्ड यहाँ बताउन चाहन्छु।
- पूजनीय रिम्पोछेज्यूले सानै उमेरदेखि असल गुरु अर्थात् कल्याणमित्रबाट राम्रो शिक्षा र दीक्षा प्राप्त गर्नु भयो।
- विशेषगरी ‘नाम्छो’ भन्ने ठाउँको गुफाभित्र राति भेडा बाख्राको गोठमा सुत्नु भएर विद्या अभ्यास गर्नुभएका जस्ता क्रियाकलापले हाम्रो चित्तलाई दृढ बनाउन र प्रयत्नशील हुन प्रेरणा मिल्दछ।
- त्यसपछि क्रमशः सन् १९५२ मा ‘गेशे’को उपाधि हासिल गर्नु भएर ‘लोपोन’ उपाधी ग्रहण गरेदेखि ७० वर्षसम्म बोन धर्म अध्ययन एवम् प्रशिक्षण कार्यलाई निरन्तरता दिनुभयो।
- स्वदेश तथा विदेशमा उहाँका हजारौं संख्यामा शिष्यहरू छन्। ‘बोन्’ धर्मको इतिहासमा प्रसिद्ध विद्वानहरू धेरै पाल्नुभएको थियो तर उहाँ जस्तो बोन धर्मसंस्कृतिका निम्ति यति लामो समय प्रशिक्षण दिने अरु कोही भएन।
- त्यसैगरी पूजनीय रिम्पोछेज्यूले पाल सेन्तेन मेन्री गुम्बाका ५ जना प्रमुख लामाको कार्यकालसम्म जिवित रही बोन धर्मको शासनमा सेवा गर्नु भएको छ।
- बोन धर्मको सूत्र–मन्त्र, चित्त वर्गका अभिषेक, आगम र उपदेशका परम्पराहरू सबै उहाँसँग जोडिएको पाइन्छ।
- रिम्पोछेज्यूले सन् १९६६ सालमा विश्वमै पहिलो पटक भारतमा बोन धर्मावलम्बीहरूको संस्था ‘भोटको बोन्पो संस्था’ स्थापना गर्नु भयो। र, संसारभर बोन धर्मको प्रचारप्रसारमा योगदान पु¥याउनु भयो।
- त्यतिबेला उहाँले भारतको हिमाञ्चल प्रदेशको सलन नजिकै रहेको दलेन्जे भन्ने ठाउँमा बोन समुदायको सामुदायिक बसोबासको आधार निर्माण गर्नु भयो। र, ३३ औं मेन्री ठिजिन रिम्पोछे र योङजिन रिम्पोज्यूबाट गुम्बा निर्माण सुरुवात गरी श्येडा र साधना शिक्षा सञ्चालन गर्नु भयो।
- उहाँले जीवनका धेरै वर्ष त्यहाँको गुम्बामा बसेर बोन धर्म साधनाका साथै मुख्य प्रशिक्षकको भूमिका निवार्ह गर्नु भयो। उहाँकै कृपाको कारण आज संसारभर बोन धर्माबलम्बी सम्मानित हुन पुगेका छन्।
- उहाँले ‘श्येडा’को विषय सूचि सूत्र–मन्त्र–चित्त तीनको पूर्ण शिक्षाको आधार नवनिर्माण गर्नुभयो। उहाँकै योगदानका कारण नेपाल र भारतमा गेशे (डाक्टर अफ फिलोसपी) सम्म पढाई सुरु भएको हो।
- वचन ग्रन्थहरू भएता पनि वासना (लुकेर बसेको¬) रूपमा रहेको ‘युङ्डुङ् बोन्’को ३६० स्तुप अन्तरगत १२० रेखाचित्र कोरेको सर्वनिर्मित स्तुपको परम्परा उहाँले नै सुरु गर्नुभएको थियो।
- पश्चिमी देशमा बोनको प्रथम स्तुप चाहिँ उहाँले नै २० औं शताब्दीको छैटौं दशकको सुरुवातमा निर्माण गर्नुभएको थियो। पश्चिमीहरूमा बोन धर्मको प्रशिक्षण दिने प्रथम व्यक्ति पनि उहाँ नै हो।
- बोन धर्मका प्रर्वतक तोन्पा शेन्राव मिवोको काय वस्त्र र जन्म–निर्वाणको मिति पूजनीय रिम्पोछेज्यूले नै प्रष्ट पार्नुभएको थियो।
- त्यसैगरी ‘बोन’ धर्मका ग्रन्थहरू अंग्रेजी भाषामा (९ यान क्रमको बारेमा) पहिलो पटक अनुवाद गर्नुभएर भोट शिक्षामा अनुसन्धानकर्ताहरूलाई ‘बोन्पो’को बारेमा वास्तविक परिचय गराउनुहुने उहाँ प्रथम व्यक्ति हुनुहुन्छ।
- हिमाली क्षेत्रमा आम्ची परम्परा शिक्षा विद्यालय र शिल्प विद्याको विद्यालय स्थापना गरेर उहाँले धेरै वर्षसम्म त्यसको आर्थिक व्यवस्थापन गर्नु भएको थियो।
- उहाँले सन् १९८६ सालमा काठमाडौंको तीनघरेमा ‘ट्रितेन नोर्बुचे गुम्बा’ स्थापना गर्नुभयो। र, यसलाई बोन धर्माबलम्बीको नेपालकै ठुलो गुम्बाको रुपमा स्थापित गराउनु भयो। यहाँ बोन धर्म संस्कृतिको संरक्षण र साधना गरिन्छ। साथै गेशेसम्मको पढाई हुन्छ।
- नेपालभित्र इतिहास बोकेका पुरातात्विक महत्वका धेरै गुम्बा भए पनि गेशे उपाधीसम्म पूर्ण पढाई हुने यो एक मात्र गुम्बा हो।
- पुराना र नयाँ दुवै पुस्तामा ‘ग्याल्वा मेन्री’को ‘लोपोन’ (आचार्य)को उपाधी ग्रहण गरेर ‘ग्याल्वा डु’को परम्परा अनुसार उहाँले पूजाआजाको परम्परा जोगाउनु भयो। साथै प्राचीन सांस्कृतिक परम्परालाई लोप हुनबाट बचाएर नयाँ पुस्तामा हस्तान्तरण गर्नु भयो।
- उहाँले बोन धर्मको इतिहास, संस्कृति, परम्परा र साधना सम्बन्धी २५ ठेली भन्दा धेरै पुस्तकहरूको रचना गर्नु भएको छ। उहाँले सन् १९६४ सालबाट ‘बोन धर्मको इतिहास’ नामक पुस्तक लेखेर लेखन कार्य शुभारम्भ गर्नु भएको थियो। यी पुस्तक बोन धर्मको अध्ययन र अभ्यास गर्नेहरूका लागि सुन्दर उपहार हुन्।
- बाहिरबाट हेर्दा उहाँ सामान्य भिक्षु जस्तो देखिनु हुन्छ। जीवनभर जनसमुदायको हितमा लाग्नु भएका पूजनीय रिम्पोछेज्यू सरल स्वाभावका हुनुहुन्छ। उहाँको भित्री मन पनि सफा छ। निरन्तर ध्यानमा लिन हुने उहाँ महापुरुष हुनुहुन्छ।
- श्रवण, चिन्तन, पठनपाठन आदि स्वभावसहित हाम्रा मांस चक्षुले दर्शन गर्न सक्ने लीलाले हामी अनुयायीहरूका परमार्थ गुरु हुनुहुन्छ।
- कलियुगको समयमा युङडुङ बोन धर्म संस्कृतिको रक्षा र प्रवद्र्धनका निम्ति मनुष्य लोकमा पाल्नु भएका पूजनीय रिम्पोछेज्यूको योगदान अतुलनीय छ। त्यसैले उहाँको योगदान सधैं अमर रहिरहनेछ।
अन्त्यमा, पूजनीय रिम्पोछेज्यूको जीवनी व्याख्या गर्नु भनेको पुण्य कमाउनु हो। त्यसैले हामी सबैले उहाँको जीवनीबाट प्रेरणा लिएर आफ्नो जीवनलाई सार्थक बनाऔं।
![bon-gumba-(15)-1738838968.jpg](https://www.everestpedia.com/uploads/posts/bon-gumba-(15)-1738838968.jpg)
![bon-gumba-(9)-1738838963.jpg](https://www.everestpedia.com/uploads/posts/bon-gumba-(9)-1738838963.jpg)
![bon-gumba-(12)-1738838965.jpg](https://www.everestpedia.com/uploads/posts/bon-gumba-(12)-1738838965.jpg)
![bon-gumba-(11)-1738838964.jpg](https://www.everestpedia.com/uploads/posts/bon-gumba-(11)-1738838964.jpg)